Ad image

जलजला आवसीय विद्यालयको अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १ असार २०८०, शुक्रबार
2 Min Read
Aa

भरत विश्वकर्मा,
असार १ गते/सुलिचौर रोल्पा ।

जलजला इंग्लिस आवसीय बिद्यालयको शिक्षक अभिभावक बिचको अन्तरक्रिया कार्यक्रम सुनिलस्मृती गाउँपालिका ४ सुलिचौरमा सम्पन्न भएको छ । कार्यक्रम जलजला इंग्लिस आवसीय बिद्यालयका प्रध्यानाध्यापक केशर कुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा अभिभावकहरुको तर्फबाट बिद्यालयमा सुरक्षित पिउने पानीको ब्यबस्था हुनुपर्ने, अङ्ग्रेजी माध्यमको शिक्षणलाई गुणस्तरीय बनाउदै लैजानुपर्ने, शिक्षण सिकाई कार्यलाई बढी प्रविधिसँग जोडनुपर्ने, विद्यालयमा बालबालिकाको लागी उपयुक्त खेलमैदानको व्यवस्था हुनुपर्ने, विद्यालयमा विद्यार्थीको विभिन्न खालका क्षमता विकास गर्ने कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने, गर्मीको समयभएको कारण बालबालिका बस्नको लागी उपयुक्त खालको भौतिक सम्पदाको व्यवस्था हुनुपर्ने, विद्यालयको समग्र पक्षको विकासको लागी शिक्षक अभिभावक, विद्यालय व्यवस्थापन समितिसँग नियमित रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको समय समयमा सञ्चालन गरिनुपर्ने लगाएतको कुराहरु अन्तरक्रिया कार्यक्रममा अभिभावकहरुले राख्नुभएको थियो र यसको बारेमा शिक्षक र अभिभावको बिचमा अन्तरक्रिया भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक केशर कुमार बिष्टले विद्यालयले विद्यार्थीको रेकर्ड राख्नको लागी बनाएको मोबाईल एप्सको प्रयोगको बारेमा अभिभावकहरु लाई जानकारी प्रदान गर्नुभएको थियो । वर्तमान समय प्रविधिसँग बढी नजिक भएकोले विद्यालयको सम्पुर्ण गतिविधिलाई प्रविधि मैत्री बनाउदै लैजान लागेको बताउनु भयो । प्रविधिकै कारण अबको विद्यालको सम्पुर्ण गतिविधिहरु, आफ्ना बालबालिका विद्यालयमा उपस्थित भए वा भएनन, विद्यालयबाट विद्यार्थीलाई प्रदान गरेको गृहकार्यको बारेमा समेत अभिभावकले घरमै बसेर थाहाँ पाउने माध्यमको रुपमा स्कुलले मोबाइल एप्सको विकास गरेको जानकारी प्रदान गर्नुभएको थियो । अबको विद्यालयको सम्पुर्ण गतिविधि मोबाइल एप्सको माध्यमबाट जानकारी गराइने बताउदै सम्पुर्ण अभिभावकलाई उक्त मोबाइल एप्समा आबद्ध भई आफ्नो बालबालिकाको साथै विद्यालयको विकासको लागी पनि सधै निगरानी राख्नको लागी आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवी भुपनारायन घर्ति मगर र पुर्व चन्द्र प्रभा मा.बिका प्र.अ.शिक्षक अभिमान सिंह घर्तिले कार्यक्रममा सुभकामना व्यक्त गर्नुभएको थियो ।

 


मालश्री खबर

प्रतिक्रिया दिनुहोस्