Ad image

सिद्धार्थ नमुना मा.वि घोप्टेओढारमा सिर्जनात्मक लेखन कार्यशालाकाे उद्घाटन

मालश्री खबर
मालश्री खबर ३२ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

 हिमाली खड्का

सिद्धार्थ नमुना माध्यामिक विद्यालय घोप्टेओढारमा सिर्जनात्मक लेखन कार्यशालाको उद्घाटन गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ घोप्टेओढारमा रहेको सोहि विद्यालयमा आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर गुरुङको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिकाकि उपाध्यक्ष अमृता कुमारी के.सी. रहनुभएको थियो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष लोकमान वली, वडा नं. ५ का वडा अध्यक्ष अमृत बुढामगर लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ३ का वडा सदस्यहरु, शिक्षक विद्यार्थी, अभिभावक लगाएतको सहभागीता रहेको थियो । सिद्धार्थ नमुना माद्यामिक विद्यालयका प्र.अ विरबहादुर घर्तिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सोहि विद्यालयका शिक्षक वाइवी जिएमले गर्नुभएको थियो । सिर्जनात्मक लेखन कार्यशाला २ दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले गंगादेव गाउँपालिकाका भित्र बाट सहभागी भएका शिक्षक र विद्यार्थीहरुलाई बाल कविता, बालगीत बालगजल लेखन– वाचन प्रभावकारी नेपाली भाषा शिक्षण लगाएतका बारेमा प्रशिक्षण दिनुहुने छ । आजको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले यस विद्यालयले गरेको यो कार्य शिक्षक विद्यार्थीहरुको लागी अत्यन्त महत्वपुर्ण भएको हुदा सवैले सिक्न जरुर रहेको बताउनु भयो ।

- Advertisement -
Ad image

साथै शिक्षक हरुले यस कार्यशालाबाट सिकेको सिपलाई अन्य विद्यालयमा गएर प्रशिक्षक बनी सिकाउने सक्ने क्षेमता राख्न आग्रह समेत गर्नुभयो । सबै भन्दा महत्वपुर्ण शिक्षानै भएको हुदा आफ्नो कार्यकाल अविधिभर गंगादेव गाउँपालिकाको शिक्षा क्षेत्रलाई विशेष प्राथामिकताका साथ हेर्ने समेत बताउनु भयो । त्यस्तै उपाध्यक्ष अमृता कुमारी के.सी.ले गंगादेव गाउँपालिकाको शिक्षक विद्यार्थीरुको मध्यनजर गर्दै सिद्धार्थ नमुना मा.वि ले यस्तो राम्रो अवसर ल्याएको मा खुसी व्यक्त गर्दै आयोजक टिमलाई विशेष धन्यावाद दिनुभयो । यसैगरी डा. देवि नेपालले सिर्जनामा गरेको लगानी युगौयुग सम्म रहने बताउनु भयो । हरेक नेतृत्व गर्ने व्यक्ति भुतपुर्व हुने र कवि कहिल्यै पनी भुतपुर्व नहुने हुदा सिर्जनात्मक लेखन सबैको लागी अत्यन्त महत्वपुर्ण रहेको बताउनु भयो । साथै प्रतिभाको करेन्ट क्षमताको बल्ब भएपनी स्विच थिचिदिने व्यक्ति नहुँदा सम्म त्यो बल्ब नबल्ने भएको हुदा ति बल्न नसकेका सिर्जनाहरुलाई बल्न सिकाउने प्रयास गर्ने बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array