Ad image

रोल्पाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मालश्री खबर
मालश्री खबर ३२ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

उमा बस्नेत
रेडियो मालश्री, जेठ ३२ गते, रोल्पा ।

रोल्पा जिल्लाका सम्पुर्ण स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण भएका छन् ।

जिल्लाका १० वटै स्थानिय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपानेले जानकारी दिनुभएको छ । सुनिलस्मृति र त्रिवेणी गाउँपालिका जेठ १६ गते पहिलो पालिकाका रुपमा पूर्ण खोप पुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन् ।

- Advertisement -
Ad image

 

जेठ १९ गते लुंग्री गाउँपालिका, जेठ २० गते रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिका, जेठ २१ गते सुनछहरी गाउँपालिका, जेठ २५ गते थवाङ गाउँपालिका, जेठ २६ गते परिवर्तन गाउँपालिका, जेठ २८ गते माडी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषण गरीएको स्वास्थ्य कार्यलय रोल्पाले जनाएको छ । जेठ ३१ गते अन्तिम पालिकाको रुपमा गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको हो ।

 

सम्पुर्ण स्थानिय तहलाई पूर्ण खोप तथा दिगोपना घोषणा गरीए सँगै जिल्लालाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना जिल्ला घोषणा गर्नको लागि प्रदेश खोप समन्वय समितिलाई अनुगमनको लागि अनुरोध गरेको जिल्ला खोप समन्वय समितिका सदस्य सचीव तथा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले जानकारी दिनुभयो । उक्त समितिले अनुगमन गर्दा खोप निर्देशिकाको सम्पुर्ण अनुसूची पुरा गरेको देखिएमा रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरीने पोख्रेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array