Ad image

भुम्या पर्वको अवसरमा लुम्बिनी प्रदेशले दियो सार्वजनिक विदा

मालश्री खबर
मालश्री खबर ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर, जेठ ३२ रोल्पा ।

प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या हो । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक विदा दिएको हो ।

- Advertisement -
Ad image

प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णय अनुसार भुम्या पर्वको अवसरमा यहि २०८० असार १ गतेका दिन रोल्पा, रूकुम र दाङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, ’विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूम्या नाच ।

प्रतिक्रिया दिनुहोस्

Array