Ad image

गंगादेव गाउँपालिका वडा नं. ७ मा राष्ट्रिय परिचयपत्रकाे विवरण संकलन कार्य सुरु

मालश्री खबर
मालश्री खबर ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

हिमाली खड्का 
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय परिचयपत्रकाे विवरण संकलन कार्य सुरु भएको छ । आज सोमबार देखि टोल विभाजन गरी वडा नं. ७ को वडा कार्यलयबाट परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको गंगादेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी ले जानकारी दिनुभयो ।

शनिबार तथा अन्य विदाको दिन पनी सेवा सुचारु गरिने वडा अध्यक्ष के.सीको भनाइ रहेको छ । वडावासी कोही पनि नछुटुन् भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र विवरण संकलन गर्न थालेको हो ।

राष्ट्रिय परिचय पत्र नेपाली नागरिकको ऐतिहासिक र प्राय सबै बिवरण खुल्ने हाते पुस्तिका जस्तै भएकोले यसमा सबैलाई सहभागी हुन आह्वान गाउँपालिकाकाले आग्रह समेत गरेको छ

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array