Ad image

सुनिलस्मृति गाउँपालिकाले अटो रिक्सा दर्ता कार्य प्रारम्भ ग¥यो

मालश्री खबर
मालश्री खबर २९ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ २९ गते, रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले अटो रिक्सा, ई—रिक्सा दर्ता कार्य प्रारम्भ गरेको छ । गाउँपालिका भर सञ्चालन हुने उक्त साधनको दर्ता गर्नको लागि जेठ २८ गतेबाट सुरुआत गरीएको गाउँपालिकाले जानकारी दिएको छ ।

 

अटो रिक्सा, ई—रिक्सा दर्ता गर्ने अधिकार स्थानिय सरकारलाई भएको हुदाँ अव्यबस्थित रुपमा सञ्चालन भइरहेका उक्त सवारीलाई व्यबस्थित र कानुसंगत ढंगले सञ्चालन गर्नको लागि गाउँपालिकाले उक्त कार्यको प्रारम्भ गरेको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बताउनुभएको छ ।

- Advertisement -
Ad image

अब पालिकामा सञ्चान हुने अटो रिक्सा, ई—रिक्सालाई अनिवार्य रुपमा गाउँपालिकामा दर्ता गरी दर्ता प्रमाण–प्रत्र लिनुपर्ने पालिकाले जानकरी दिएको छ । जेठ २८ गते सुरुको दिन भविन्द्र थापाले रा १ ह ५८९६ नम्बरको टेम्पो दर्ता गराएको गाउँपालिकाले जानकरी दिएको छ । त्यस्तै जेठ २९ गते थप एक जनाले सवारीसाधन दर्ता गरेका छन् । जेठ २९ गते सम्म गाउँपालिकामा सवारी साधन दर्ताको लागि ७ वटा निवेदन पेश भएको सुनिलस्मृति गाउँपालिका उद्योग रजिष्ट्रशन शाखाका प्रमुख पदम रिजालले बताउनु भएको छ ।

 

सवारी साधन दर्ता गर्दा सवारी धनीको नाम थर, ठेगाना, टेलिफोन वा मोबाईल नम्बर, पिता वा पतिको नामथर, सवारी साधान दर्ता नम्बर, किसिम, बनाउने कम्पनीको नाम, बनेको साल, सवारीको मोडेल, सवारी हर्षपावर, सवारीको इन्जिन नम्बर, सवारी साधानको रंग, सवारी साधानको प्रयोग, सवारीमा चालकको सहित क्षमता र इन्धन कुन प्रयोग गर्ने लगाएतका सम्पुर्ण विवरण खुलाउनु पर्ने प्रावधान रहेको छ । उक्त विवरण पुरा भएमा गाउँपालिका क्षेत्र भित्र चल्ने सवारी साधान गाउँपालिकामा दर्ता गर्न सकिने बताइएको छ ।

 

गाउँपालिकामा सञ्चालन हुने सम्पुर्ण सवारी साधनलाई दर्ता गरेर मात्र सञ्चालन गर्न गाउँपालिकाका अध्क्ष बुढाथोकीले आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array