भरत विश्वकर्मा,मालश्री खबर
जेठ २६ गते रोल्पा ।
सीप र युकेएइड सँगको साझेदारीमा इ–सेवाको महिला व्यवसायिहरुलाई इसेवा एजेन्ट बनाएर डिजिटल साक्षरता, वित्तीय साक्षरता तथा व्यवसायिक साक्षरता सम्बन्धि महिलाहरुलाई तालिम लिवाङमा प्रदान गरेको छ ।
बर्तमान परिवेश डिजिटल प्रविधिमा परिणत भएको यो अवस्थामा र्वैकिङ कारोवारलाई डिजिटल माध्यममाको प्रयोग गरेर छिटो, सरल सहज बनाउन महिलाहरुको सीप विकास गरी शसक्तिकरण गर्ने उदेश्यका साथ यकेएइड र सीप सँगको साझेदारीमा इ–सेवाले इ–सेवा एजेन्ट बनेका महिला व्यवसायीलाइ यस्तो खालको वित्तीय एवं व्यवसायिक तामिलको आयोजना गरेको इ–सेवा कार्यालय वुटवलका शाखा प्रवन्धक गोविन्द्र खनालले जानकारी दिनुभएको छ ।
डिजिटल भुक्तानीहरु नगदमा भुक्तानी गर्नुभन्दा बढी सुबिधाजनक हुनेभएकाले, डिजिटल भुक्तानी सेवा जहाँबाट पनि गर्न सकिने भएकाले, डिजिटल भुक्तानी परम्परागत भुक्तानी विधिभन्दा छिटो छरिटो हुनुका साथै बढी विश्वसनिय हुनुका साथै डिजिटल भुक्तानीले आफुले गरेको कारोवारको रेकर्डलाई सधै सुरक्षित राख्ने भएकाले यसको सहि प्रयोगको लागी यस सम्बन्धि तालिम प्रदान गरिएको थियो ।
तालिममा डिजिटल भुक्तानी गर्दा वा अनलाइन कारोवार गर्दा हुन सक्ने विभिन्न ठगीको बारेमा पनि जानकारी प्रदान गरिएको थियो । यस्ता ठगी कार्यबाट सुरक्षित रहनको लागी मजबुट पासवर्ड प्रयोग गर्ने, कसैलाई आफ्नो पासवर्ड अरुलाई प्रदान नगर्ने, आफ्नो वित्तीय कारोवार विवरण लाई सुरक्षित राख्ने, कतैबाट कुनै सङ्कास्पड कुरा आएमा त्यस्ता विषयवस्तुलाई चेकजाँच गरेर मात्र कार्यलाई अगाडी बढाउने लगाएतका बारेमा इ–सेवा वुटवलका शाखा अधिकृत रवि पोख्रेलले तालिम प्रदान गरिएको थियो ।
यसका साथै डिजिटल प्रविधिको गति तिव्र भएको अवस्थामा इसेवालाई व्यवसायिक तर्फ उन्मुख गरेर आम्दानी प्राप्त गर्नका लागी, व्यक्तिले दैनिक रुपमा गरेको खर्चलाई इसेवाको प्रयोग गरी केही कम गर्न सकिने, यसको कसरी प्रयोग गरेर आम्दानीलाई बढाउन सकिन्छ लगाएतको विषयवस्तुको बारेमा जानकारी प्रदान गरेको थियो । उक्र तालिममा ४९ जना इ–सेवा एजेन्ट महिलाहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्