Ad image

भ्यु टावरबाट ६ लाख माथिको राजस्व संकलन

मालश्री खबर
मालश्री खबर २५ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा÷मालश्री खबर,
जेठ २५ गते रोल्पा ।

 

रोल्पा नगरपालिकाले यो वर्षको समयावधीमा भ्युटावरबाट ६ लाख ७ हजार ९ सय ५० रुपैया राजस्व संकलन गरेको छ । हालसम्म नगरपालिकामा कुल १ करोड ११ लाख ६४ हजार १२ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।

रोल्पा नगरपालिकाले आज पत्रकारहरुसँग भेटघाट कार्यक्रममा एक वर्ष अवधिको कामलाई सार्वजनिक गरेको हो ।

- Advertisement -
Ad image

नगरपालिकाले पर्यटकिय क्षेत्रको प्रर्वधनको लागी चुनारे क्षेत्र र सातदोवाटो रक गार्डेन, भ्यु टावरको स्तरउन्नती र व्यवस्थापन मार्फत पर्यटन विकास र आर्थिक उत्पादनमा सहयोग पुगेको जानकारी दिएको छ । रोल्पा नगरपालिकाले एक वर्ष सम्ममा विषेश रुपमा शिक्षा, कृषि, पर्यटन र पुर्वाधार लाई बढि मात्रामा जोड दिएको बताएको छ ।

साथै दुध पकेट क्षेत्रको रुपमा विकास गर्न वडा नम्बर ३ र ४ लाई उन्नत जातको ४० वटा भैसी वितरण गरेको किसानहरुलाई घरमै प्राविधिक सहयाता, उत्पादनमा आधारित अनुदानको व्यवस्था गरी दुग्ध सहकारी सस्थाको स्थापना गरिएको, अब नगरपालिका भित्रका किसानले उत्पादन गरेको दुधलाई नगरपालिकाले नै खरिद गरेर बाहिर निर्यात गर्ने तयारीमा लागेको नगर प्रमुख थापा घर्तिले बताउनुभयो ।

नगरपालिका संघिय सरकारले विकास गरेको स्थानीय तहको स्वमुल्याङ्कन प्रणलीमा रोल्पा जिल्लाका सबै स्थानीय तहहरु मध्ये ८२.२५ प्रतिशतका साथ उत्कृष्ट भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array