Ad image

एक वडा एक कृषि उत्पादन पकेट क्षेत्र कार्यक्रमलाई जोड दिदै रोल्पा नगरपालिका

मालश्री खबर
मालश्री खबर २५ जेष्ठ २०८०, बिहीबार
6 Min Read
Aa

भरत विश्वकर्मा÷मालश्री खबर,
जेठ २५ गते रोल्पा ।

रोल्पा नगरपालिकाले गरेका एक वर्ष अवधिको कार्यलाई नगरपालिकाले जेठ २५ गते पत्रकारसँग भेटघाट कार्यक्रम गरि सार्वजनिक गरेको छ । रोल्पा नगरपालिकाले एक वर्ष सम्ममा विषेश रुपमा शिक्षा, कृषि, पर्यटन र पुर्वाधार लाई बढि मात्रामा जोड दिएको बताएको छ ।

  

नगरपालिकाले यस वर्ष कृषि तर्फ एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रुपमा कार्यक्रम लाई जोड दिएको बताइएको छ । जसअन्र्तगत नगरपालिकाले वडा नम्बर १ लाई लसुन उत्पादन पकेट क्षेत्र, वडा नम्बर २ लाई तरकारी उत्पादन पकेट क्षेत्र, वडा नम्बर ३ लाई गहँु उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ४ लाई धान उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ५ लाई मौरी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ६ लाई मकै उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ७ लाई सुन्तला र तरकारी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ८ लाई बेसार उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ९ लाई अदुवा उत्पादनको पकेट क्षेत्र र वडा नम्बर १० लाई आलु र सुन्तला उत्पादनका लागी किसानहरुको सुचिकरण कार्य भैरहेको रोल्पा नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी दिएको छ । रोल्पा नगरपालिकाले कृषिमा आत्मनिर्भर नगरपालिका बनाउने उदेश्यको साथ कृषि हाटबजारको सुरुवाट गरेको जानकारी दिएको छ । व्यवसायिक कृषकहरुलाई उत्साहित गर्न तरकारी उत्पादनमा अनुदान र निःशुल्क ढुवानीको व्यवस्था गरेको नगर प्रमुख सुरेन्द्र थापाले जानकारी दिएका छन ।

- Advertisement -
Ad image

साथै दुध पकेट क्षेत्रको रुपमा विकास गर्न वडा नम्बर ३ र ४ लाई उन्नत जातको ४० वटा भैसी वितरण गरेको किसानहरुलाई घरमै प्राविधिक सहयाता, उत्पादनमा आधारित अनुदानको व्यवस्था गरी दुग्ध सहकारी सस्थाको स्थापना गरिएको, अब नगरपालिका भित्रका किसानले उत्पादन गरेको दुधलाई नगरपालिकाले नै खरिद गरेर बाहिर निर्यात गर्ने तयारीमा लागेको नगर प्रमुख थापा घर्तिले बताउनुभयो ।

नगरपालिकाले सीप विकास अन्र्तगत नगरका ३३२ जना व्यक्तिलाई अल्लो प्रशोधन, कृषि औजार निर्माण, मर्मत, बाख्रापालन, पञ्चेबाजा तालिम र सिलाई कटाई विषयमा मेडपा कार्यक्रम अन्र्तगत सीप विकास तथा स्तरोन्नती तालिम सञ्चालन गरेका बताइएको छ । विदेशबाट फर्किएका युवाहरुलाई उद्यमशिलता विकासको लागी कार्यहरु भैरहेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले एसईई परीक्षा उर्तीण पश्चात प्राविधिक शिक्षा अध्ययन गर्न चाहने ४८ जना विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति कार्यक्रममा मनोनयन गरी विभिन्न शिक्षालयहरुमा अध्ययन गराएको जानकारी दिएको छ । छात्रवृत्तिमा हालसम्म उत्तीर्ण २७ जनालाई निकट भविष्यमा दिक्षान्त समारोह आयोजना गर्ने जानकारी दिएको छ । भर्खरै पशुपंक्षीमा महामारीको रुपमा फैलिएको विपद्लाई रोकथामको लागी २० जना विद्यार्थीहरुलाई औषधी सहित परिचालन गरिएको जानकारी दिएको थियो ।

नगरपालिकाले पर्यटकिय क्षेत्रको प्रर्वधनको लागी चुनारे क्षेत्र र सातदोवाटो रक गार्डेन, भ्यु टावरको स्तरउन्नती र व्यवस्थापन मार्फत पर्यटन विकास र आर्थिक उत्पादनमा सहयोग पुगेको जानकारी दिएको छ । नगरपालिकाले यो वर्षको समयावधीमा भ्युटावरबाट ६ लाख ७ हजार ९ सय ५० रुपैया राजस्व संकलन गरेको छ साथै हालसम्म नगरपालिकामा कुल १ करोड ११ लाख ६४ हजार १२ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।

नगरपालिकाले स्वास्थ्य उपचारको सुलभ व्यवस्था मिलाउनको लागी जम्मा ३ वटा आखा सम्बन्धि, पाठेघरको क्यान्सर परीक्षण सम्बन्धि र अपाङ्ग भएका बालबालिको लागी स्वास्थ्य शिविर सञ्चालन गरेको साथै प्रादेशिक अस्पतालको हाताभित्र सेफहाउसको सञ्चालन गरेको बताइएको थियो । हालसम्म उक्र सुरक्षित गृहमा १५ जना मानिस सुरक्षित रुपमा बसिसकेको जानकारी दिएको छ । नगरपालिकाले यस वर्ष २ जना वेवारिसे बनेका संरक्षण विहिन सडक पेटिकामा जीउन वाध्य नागरिकहरुको मानवसेवा आश्रम सँगको समन्वयमा निजको स्वास्थ्य उपचार र संरक्षणको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

नगरपालिका संघिय सरकारले विकास गरेको स्थानीय तहको स्वमुल्याङ्कन प्रणलीमा रोल्पा जिल्लाका सबै स्थानीय तहहरु मध्ये ८२.२५ प्रतिशतका साथ उत्कृष्ट भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा रोल्पा नगरपालिकाले पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम पनि गरेको थियो । आगामी आर्थिक वर्ष २०८०÷०८१ को नयाँ नीति तथा कार्यक्रम लाई कसरि अगाडी बढाउन सकिन्छ । रोल्पा नगरपालिकाले अबको नयाँ कार्यक्रम लाई जनताको आवश्यकता सँग जोड्नको लागी कस्तो खालको कार्यक्रमलाई अगाडी बढाउदा उपयोगी रहला लगाएतका कुरामा पत्रकारसँग अन्तरक्रिया रहेको थियो ।

उपस्थित रोल्पा जिल्ला स्थित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुले नगरपालिकाले गरेको राम्रो कामको प्रसंशा गर्दै नगरपालिकाले गरेको लगानीमा माग पुरा भएको छन वा छैनन त्यसको मुल्याङ्कन हुनुपर्नेमा जोड दिएका थिए । नगरपालिकाले गरेको प्राविधिक शिक्षा तर्फको लगानीमा त्यस खालको शिक्षा प्राप्त गरेका विद्यार्थीहरु अहिले के गरिरहेका छन । प्राविधिक शिक्षा प्राप्त प्रश्चात आफ्नो सिप लाई यहि सदुपयोग गरेका छन कि छैनन् त्यसको मुल्याङ्कन गरिनुपर्ने कुरामा सुझाब दिएका थिए । आगामी आर्थिक वर्षको बजेटमा नगरपालिका जनताको नजिकको सरकार भएकोले जनताको गुनासो संशोधन कसरी गर्न सकिन्छ त्यस कुरामा ध्यान दिन आग्रह गरेका थिए ।

रोल्पा नगरपालिकाले विभिन्न समयमा उत्पादन बढाउने, यहाँका युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले विभिन्न तालिम तथा स्वरोजार उन्मुख कार्यक्रमहरु लिएकोमा त्यस सिप तथा तालिम लिएपछि ति सिप सिकेका व्यक्तिले सिकेको सिपलाई आफ्नो वास्तविक जिवनमा सदुपयोग गरी उत्पादन तर्फ उन्मुख भए नभएको लेखाजोखा हुनुपर्ने कुरामा सुझाब दिएका थिए । आगामी आर्थिक वर्षमा नगरपालिकाले ल्याउने कार्यक्रमलाई जनताको आवश्यकताको आधारमा ल्याउनको लागी नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, रेडियो मालश्रीमा कार्यरत पत्रकार गणेश केसीले सुझाब दिएका थिए ।

पत्रकारसँग भेटघाट तथा सुझाब संकलन कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिको अध्यक्षता भएको थियो भने कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नु भएको थियो । उक्र कार्यक्रममा, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक सभापती काशीराम डाँगी, कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार मिनराज रोका मगर, लगाएत विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array