Ad image

पर्यटन अभियान्ता बालकुराम पुनद्वारा पहिलो पटक जलजला सरसफाइ कार्यक्रम आयोजना

मालश्री खबर
मालश्री खबर २५ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

पर्यटन अभियान्ता बालकुराम पुनको पहलद्वारा पहिलो पटक रोल्पाको धार्मिक तथा पर्यटकीय स्थल जलजला सरसफाइ अभियान २०८० संचालन हुने भएको छ।यहीँ जेठको २९ गते जलजला क्षेत्रको फोहोर व्यवस्थापन तथा सरसफाइ कार्यक्रम आयोजना गरिको पर्यटन व्यवसायी तथा अभियान्ता पुनले जानकारी दिनुभयो।

 

पर्यटन अभियान्ता बालकुराम पुनद्वारा पहिलो पटक जलजला सरसफाइ कार्यक्रम आयोजना
जलजलामा प्रत्येक वर्षको बैशाख पुर्णिामा,जेठ पुर्णिामा र जनैपूणिर्मामा भव्य मेला लाग्ने गर्दछ।त्यस मध्य जेष्ठ पुर्णिामा सबैभन्दा ठुलो मेला लाग्ने गर्दछ।जेष्ठ महिना जलजलाक्षेत्रको मौसम त्यहाँ जान र बस्न अन्य महिना भन्दा उपयुक्त हुनेभएकोले भक्तालुजन तथा दर्शनार्थीहरु धेरै आउने गरेको स्थानीयहरु बताउछन् ।

 

- Advertisement -
Ad image

गत जेठ २१ गते पुर्णिामामाको दिन जलजलामा भव्य मेला लाग्यो त्यस मेलाको फोहोर व्यवस्थापन गर्न कसैको ध्यान गएन्न ।कसैको ध्यान नगएपछी आफुले फोहोरको व्यवस्थापन र सरसफाइ कार्यक्रमको आयोजना गरेको पर्यटन अभियान्ता पुनले बताउनुभयो ।

उहाले उक्त कार्यक्रम सफल पार्नको लागि थबाङ,सुनछहरी, परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिका लगाएत राजनैतिक दल,पत्रकार,सुरक्षाकर्मी,सरकारी तथा गैरसरकारी संघसंस्था,शिक्षक बिद्यार्थी,कर्मचारी सरोकारवाला सबै इच्छुक महानुभावहरुलाई आग्रह समेत गरेको बताउनुभयो।

साथै सहयोगी मनकारीहरुले फोहोर बस्तु संकलन र व्यवस्थापनको लागि भौतिक सामाग्री सहयोगको समेत आग्रह गरिएको बताउनु भएको छ। # जलजला डेली

मालश्री खबर

प्रतिक्रिया दिनुहोस्