Ad image

गंगादेव गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै

मालश्री खबर
मालश्री खबर २४ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, जेष्ठ २४ गते रोल्पा ।
सुर्य प्रकाश बुढा मगर

 

रोल्पाको गंगादेव गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

आर्थिक बर्ष २०७९÷०८० मा गंगादेव गाउँपालिकाले गरेका सम्पूर्ण विकास निर्माण, सेवा प्रवाह र अन्य सान्दर्भिक विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम जेठ २६ गते गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -
Ad image

सार्वजनिक सुनुवाई कार्यक्रम सहभागी भइदिन गंगादेव बासी महानुभावहरु, विभिन्न राजनैतिक दलहरू, विभिन्न संघ संस्थाहरु र सञ्चारकर्मीलाई उपस्थित भइदिन गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतद्वारा जारी गरिएको सूचनामा जनाइएको छ ।

कार्यक्रम जेठ २६ गते शुक्रबारका दिन गंगादेव गाउँपालिका–२ को कार्यालय सुखाओडारमा हुने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array