Ad image

परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा हुदै

मालश्री खबर
मालश्री खबर २४ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, जेष्ठ २४ गते रोल्पा ।
सुर्य प्रकाश बुढा मगर

रोल्पाको परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा हुने भएको छ ।

परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अनुसार जेठ २६ गते शुक्रबारका दिन पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न लागिएको हो ।

- Advertisement -
Ad image

घोषणा कार्यक्रम परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा बिहान ११ बजे हुने परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रमलाई सफल बनाउन सहभागी भइदिनका लागि परिवर्तन गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।

जसमा परिवर्तन गाउँपालिका भित्रका सबै वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, टोल विकास समितिका संयोजकहरु, स्थानीय क्लबका अध्यक्षहरु, स्थानीय सञ्चारकर्मीहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, वडा खोप समन्वय समितिका संयोजकहरु, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रका खोप फोकल व्यक्तिहरु, महिला स्वास्थ्य स्वयम सेवीकाहरु र स्वास्थ्य आमा समूहका अध्यक्षहरुलाई उपस्थित भइदिन परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमद्वारा जारी गरिएको सूचनामा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array