Ad image

वृक्षारोपन गरेर रोल्पामा मनाइयो विश्व वातावरण दिवस

मालश्री खबर
मालश्री खबर २२ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

भरत बिश्वकर्मा / मालश्री खबर जेठ २२ गते, रोल्पा ।
विश्व वातावरण दिवसको अवसरमा रोल्पामा वृक्षारोपन गरेर मनाइएको छ । रोल्पा नगरपालिका वडा नम्बर २ रेउघा रोल्पामा रहेको सशस्त्र प्रहरी बलको प्राङ्गणमा डिभिजन वन कार्यालय रोल्पाको आयोजनामा सुन्तला र कागती बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको हो । विश्व वातावरणमा जलवायु परिवर्तनले पारेको प्रभावलाई मध्यनजर गरेर वातावरण लाई जोगाई राख्नको लागी वृक्षारोपन गरिएको बताइएको छ । वृक्षारोपन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको बिशेष उपस्थितीमा गरिएको बताइएको छ ।

वृक्षारोपन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार सारु मगर, सशस्त्र प्रहरी वल रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक भरत विसी, डिभिजन वन कार्यालय रोल्पाका प्रमुख प्रेम शंकर चौधरी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, भु तथा जलाधार व्यावस्थापन कार्यालयको अधिकृत रोवर्ट महरा, सामुदायिक वन महासंघ रोल्पाका सरस्वती आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसाल र देबिराम भण्डारी, डिबिजन बन कार्यालय रोल्पाका साहेक डिबिजन बन अधिकृत बाबुराम पोख्रेल, लगाएत विभिन्न व्यक्तिहरुको वृक्षा रोपन कार्यक्रममा सहभागी भएको थियो ।

बृक्षा रोपन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले हाम्रो वरपरको वाताबरणलाई स्वच्छ बनाउनको लागी सबै एक भएर लाग्नु पर्ने बताउनु भएको छ । कुनै एक व्यतिले मात्र चाहदैमा वातावरण स्वच्छ र सफा नहुने बताउदै त्यसका लागी सबैले अभियानकै रुपमा काम गर्न सुझाब दिनु भएको छ । बिरुवा रोपेर मात्र नहुने भएको हुनाले बिरुवा हुर्काउन, फलाउन पनि उत्तीकै मेहनत गर्नु पर्ने समेत बताउनु भएको छ । त्यका लागी बिरुवालाई समय समयममा मल पानी गर्न पनि सुझाब दिनु भएको छ । वातावरणलाई स्वच्छ राख्नको लागी सबै भन्दा महत्वपुर्ण पक्ष भनेकै बोट बिरुवा रोप्ने र बन सम्पदाको संरक्षण रहेको हुनाले सबैले यसमा ध्यान पु¥याउनु पर्ने समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भएको छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुन देखि १६ जुन सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array