आर्थिक वर्षको लागि वडा स्तरीय योजना छनौट कार्यक्रम राङसीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २२ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

सुरेन्द्र वली
मालश्री खबर जेठ २२ गते, रोल्पा ।

परिवर्तन गाउँपालिका २ राङ्सिमा आर्थिक वर्ष २०८०÷०८१ का लागि वडा स्तरिय योजना छनौट कार्यक्रम राङ्सिमा सम्पन्न भएको छ ।

कार्यक्रम संचालन परिवर्तन गाउँपालिका २ राङ्सिका वडा सचिव रेग बहादुर डागिले गर्नु भयको थियो । कार्यक्रमको सभा अध्यक्षता ग्रहण परिवर्तन गाउँपालिका २ राङ्सीका वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रबक्ता हरि प्रसाद बुढा मगरले गर्नु भएको थियो ।

अन्य अतिथिहरु परिवर्तन गाउँपालिका २ राङ्सिका वडा सदस्यहरु जयबहादुर घर्ती, पुर्ण बहादुर डागी, उत्सिपा बि.क. नेकपा माओवादि केन्द्र परिवर्तन गाउँपालिका २ राङ्सिका पार्टी अध्यक्ष खडक प्रसाद वलि नेपाली काङ्ग्रेसका गन बहादुर घर्ती परिवर्तन गाउँपालिका लोक उन्मुख सांस्कृतिक समुहका अध्यक्ष लाल बहादुर घर्ती परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बिक्रम बाठा मगर रोल्पा जिल्ला हाप्किडो संघका अध्यक्ष बिकास बाठा मगर नेकपा एमालेका हरि प्रसाद वलि, राङ्सिमा रहेका १२ वटा टोल बिकास सस्थाका अध्यक्ष तथा सचीवहरुको उपस्थिति रहेको थियो ।

उपस्थिति १२ वटा टोल बिकास संस्थाका सचीवहरुले आ– आफ्नो टोल बिकास संस्थामा रहेका शिक्षा स्वास्थ्य रोजगार यातायात कृषि पशु लगायतको समस्याका बारेमा पेस गर्नु भएको थियो । सम्पुर्ण टोल बिकास संस्था बाट पेश भएका मागहरु पूरा गर्ने परिवर्तन गाउँपालिका २ राङ्सिका अध्यक्ष हरिप्रसाद बुढा मगरले प्रतिबद्ध व्यक्त गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस्