Ad image

आगलागी हुँदा रोल्पामा गोठ पूर्ण रूपमा नष्ट

मालश्री खबर
मालश्री खबर २२ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa
Exif_JPEG_420

सुर्यप्रकाश बुढामगर

मालश्री खबर जेठ २१ गते, रोल्पा ।

परिवर्तन गाउँपालिका–६ को साहुदेरामा आगलागी हुँदा गोठ पूर्ण रूपमा नष्ट भएको छ । सोमबारका दिन करिब मध्याह्न १२ बजे तिर विद्युतको तार सट भएर आकस्मिक आगलागी भएको हो । आगोलाई स्थानीयहरुले करिब दुई घण्टा पनि नियन्त्रणमा ल्याएका हुन् ।

कविराज बुढा मगरको दुई कोठा भएको साढे १२ मिटर लम्बाइ र साढे ५ मिटर चौडाइ भएको कच्ची ढुङ्गा, माटो र काठबाट निर्माण भएको एक तलाको फुसको छानो भएको गोठ आगलागीबाट पूर्ण रूपमा नष्ट भएको प्रहरीले बताएको छ ।

- Advertisement -
Ad image

ईलाका प्रहरी कार्यालय ओबाङका कार्यालय प्रमुख ओमभक्त केसीको नेतृत्वमा खटिएका टोलीले आगलागी बाट १ लाख ७५ हजार बराबरको नष्ट भएको जानकारी दिएको छ । प्रहरी पुग्दा आगो नियन्त्रणमा आइसकेको थियो । चिरान लगाएको काठ १ लाख बराबरको क्षति भएको छ भने छाने ढुङ्गा, फुस गरेर अन्य गरी ७५ हजार क्षति भएको प्रहरीले जनाएको छ ।

नष्ट भएको गोठमा कुखुरा र पशु चौपाया राख्दै आएको बताइएको छ । घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा मानवीय क्षति र धनजनको क्षति नभएको बताइएको छ । स्थानीय र छरछिमेकीको सहयोगले गर्दा नजिकै २ मिटर नजिकमा रहेको ढुङ्गाको घरलाई कुनै पनि क्षति हुन नदिइएको परिवारको बताएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

Array