Ad image

रोल्पा अस्पताल रेउघामा न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रमको समिक्षा

मालश्री खबर
मालश्री खबर २१ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर जेठ २१ गते, रोल्पा ।

रोल्पा अस्पताल रेउघामा न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको बार्षिक स्वीकृत कार्यक्रम अन्तरर्गत रोल्पा अस्पताल रेउघामा एम.एस.एस फलोअप न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षताको रुपमा अस्पताल विकास वोर्डका अध्यक्ष फविन्द आचार्य रहनुभएको थियो । प्रमुख अतिथिको रुपमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति रहनुभएको थियो । समिक्षा कार्यक्रममा एम.एस.एस फलोअप न्युनतम सेवा मापदण्ड कार्यक्रमको स्कोर ६९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनायल कार्यालय दाङका डा.कौशल भण्डारीले जानकारी दिनुभएको ।

- Advertisement -
Ad image

अस्पतालको विभिन्न गतिविधिहरुलाई आधार मानेर उक्त स्कोर तयार पारिएको होे । यो जाँच ६—६ महिनाको अन्तरमा हुने भएकाले अबको आउदो मुल्याङकनको अङ्कलाई कसरी बृद्धि गर्ने भन्ने बारेमा समिक्षा भएको थियो । अस्पतालको यो अवस्थालाई बृद्धि ल्याउन खोज्दा खोज्दै पनि कतिपय अवस्थामा जनशक्ति अभाव, विभिन्न समस्याको कारण पनि यो मुल्याङ्कनमा केहि समस्या परेको भण्डारीले बताउनु भएको छ ।

रोल्पा अस्पतालमा विभिन्न समयमा उच्च स्तरको जनशक्ति आउने गरेता पनि यहाँको केही समस्याको कारण जनशक्ति धेरै लामो समय सम्म टिक्न नसकेकाले पनि एम.एस.एस फलोअपमा कही कम प्रतिशत प्राप्त गरेको भण्डारीको भनाई रहको छ । यसका साथै यहाँ आवश्यक जनशक्ति कम हुनु, भौतिक संरचना लगाएतको बिषयवस्तु पनि रहने जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले जिल्ला अस्पतालको विभिन्न कुराहरु हर्ने दायित्व प्रदेश सरकारको हुने भएता पनि अस्पताल प्रतिको दायित्व स्थानीय सरकारको पनि रहेको बताउनुभएको थियो । व्यवस्थित अस्पताल बनाउनको लागी कसैको पनि फरक खालको धारणा नहुनुपर्ने कुरा दाबी गर्नुभएको थियो । अस्पतालको विकास र अस्पताललाई थप ब्यवस्थित बनाउनको लागि स्थानीय सरकारको भुमिका रहनेकुरा बताउदै यस तर्फ आफु सकारात्मकताका साथ लाग्ने कुरा बताउनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका टोली प्रमुख डा.मोहमत नुरुल होदा, स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेल, नेपाली काग्रेस जिल्ला कार्यसमिति रोल्पाका पार्टी सचिब शेरबहादुर थापा, निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसाल, रोल्पा अस्पताल रेउघाका स्वास्थ्यकर्मी लगाएतको सहभागीता रहेको थियो । डा.लोकरत्न ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको समिक्षा कार्याक्रमको सञ्चालन रोल्पा अस्पताल रेउघाका लेखापाल मोतिराम श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array