Ad image

राष्ट्रिय परिचयपत्र विवरण संकलन सम्बन्धी अन्तरक्रिया गंगादेव गाउँपालिकामा सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

हिमाली खड्का 

रोल्पाको गंगादेव गाउँपालिकामा आइतबार राष्ट्रिय परिचयपत्र विवरण संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको थियो ।

कार्यक्रममा ससस्त्र प्रहरी बल रोल्पाका स.प्र.नाउ. भरत बहादुर वि सी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रोल्पाका प्र.अ.अ. कुशल थापा मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्र.नि. देवीराम भण्डारी, गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी के.सी, गाउँपालिकामा कार्यरत सम्पुर्ण शाखाका शाखा प्रमुखहरु, ७ वटै वडाका वडा अध्यक्ष सबै वडाका वडा सचिव लगाएतको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

गंगादेव गाउँपालिकाका आन्तरीक लेखा परिक्षक उदय प्रकाश वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत शालीकराम बस्नेतले गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले र्काक्रममा उपस्थीत कर्मचारहिरुलाई राष्ट्रिय परिचयपत्र विवरण संकलन बारे जानकारी गराउनु भएको हो । राष्ट्रिय परिचय पत्र बनाउनु अनिवार्य जस्तो भएको हुदा यो अभियानमा कसैलाइ पनी नछुटाउन जनप्रतिनिधिलाई समेत आग्रह गर्नुभयो । यसका साथै प्र.जि.अ. घिमिरेले विपत्त व्यवस्थापन, र नागरिता प्राप्त लगाएतका विषयमा छलफल भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array