Ad image

परिवर्तन गाउँपालिकामा लोक सांस्कृतिक मेला सुरु

मालश्री खबर
मालश्री खबर २० जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर जेठ २० गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकामा बृहत लोक सांस्कृतिक मेला सुरु भएको छ । “हाम्रो इमान, हाम्रो पौरख ! हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मुल नाराका साथ शनिबार देखि परिवर्तन गाउँपालिकाको सहिद स्मृति रङ्गशाला खेलकुद मैदानमा सुरु भएको जनाइएको छ । परिवर्तन गाउँपालिका पुतलाचौर रोल्पाको सहकार्य र लुम्बिनी प्रदेश सरकार मुकाम(देउखुरी दाङ उपत्यका)को सहयोग तथा लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठान परिवर्तन गाउँपालिका पुतलाचौरको आयोजनामा सुरु भएको हो । गाउँपालिकामा क्रियाशील लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानका अध्यक्ष लालबहादु घर्तीमगरको अध्यक्षतामा कार्यक्रम आज र भोली दुईदिनसम्म सञ्चालन हुने बताइएको छ । मेला व्यवस्थापन गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

  
कार्यक्रममा प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले एक लुम्बिनी, एक नेपाल बनाउनुपर्ने कुरा बताउनु भएको छ । घर्ती मगरले भेषभुषा हिमाल, पहाड र तराई केही फरक भए पनि मगर समुदायहरुको संस्कार र संस्कृति जुनसुकै परिवेशमा पनि समान हुने समेत बताउनुभयो । लुम्बिनी प्रदेशलाई एक प्रदेश एक नेपाल बनाउनु पर्ने कुरामा जोड दिदै कुनै पनि जातीय कुरा गर्न नहुने समेत बताउनुभयो । अहिले पछिल्लो समयमा धेरै जातीयहरुले आफ्नो पू्र्खाले बोल्दै आएको भाषा अहिले नबोल्ने गरेकोले भाषा लोपोन्मुख अवस्थामा पुगेको बताउनुभयो । साथै उहाँले रोल्पाका नेताहरुले पनि आफ्नो मातृभाषा नबोलेको बताउदै मातृ भाषा संरक्षण गर्नको लागि सबै लाग्नु पर्ने बताउनु भएको छ ।


आर्थिक व्यवस्थापन उपसमिति संयोजक लालबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथीहरुमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, भिम कुमारी बुढा मगर कार्यक्रममा पुर्ब साहेक मन्त्री भिम कुमारी बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगर, परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढा मगर, २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ४ का वडा अध्यक्ष मानसिङ बुढा, ५ का वडा अध्यक्ष दिल बहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर,नेपालि कांग्रेसका नेता एंव समाजसेवी बुद्धिजिबी बिश्वकुमार चन्द ,नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डीबी टुहुरो, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व वडा सदस्यहरु, क्रियाशिल विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि परिवर्तन गाउँपालिका भित्रका ६ वटै वडा विभिन्न झाँकी समूहहरुको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

स्वागत मन्तव्य झाँकी व्यवस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष झन्कार बुढामगर दिनु भएको थियोे । कार्यक्रमको सञ्चालन प्रचारप्रसार उपसमिति संयोजकमा सचिव नवीन लोचनमगरले गर्नु भएको थियो । दोस्रो दिन भोली लोक संस्कृति, लोककथा, लोपोन्मुख संस्कार संस्कृतिका बारेमा विभिन्न विज्ञ व्यक्तिहरुको बहसका सेसनहरु सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्