Ad image

रोल्पा नगरपालिका पूर्णखोप सुनिश्चितता नगर घोषणा

मालश्री खबर
मालश्री खबर २० जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ २० गते, रोल्पा ।

रोल्पा नगरपालिका पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नगरपालिकाभित्रका ५ वर्ष मुनिका बालबालिकाले सबै किसिमका खोपहरु लगाई सकेपछि नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरीएको रोल्पा नगरपालिकाका स्वास्थ्य संयोजक टंकबहादुर गिरीले जानकारी दिनु भएको छ ।


कार्यक्रममा रोल्पा नगरपालिकाका स्वास्थ्य शाखा सह—संयोजक नैनाकुमारी घर्तिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवदेन प्रस्तुत गर्दै घर्तिले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि गाउँ—गाउँमा गई खोप अभियान सञ्चालन गरेको र घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५९ महिनासम्मका खोप नलगाएका बालवालीकाहरु जम्मा ७ जना भटिएका थिए । सर्वेक्षणमा भटिएका ति बालवालीकाहरुलाई नगरपालिकाले खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकेको घर्तिले बताउनु भएको छ ।

हाल खोप पाईरहेका १५ महिना सम्मका बच्चाहरुको संख्या नगरपालिका भर ७ सय १९ जना रहेका छन् भने खोप सर्वेक्षणबाट गाउँपालिकामा २ हजार १ सय ४० जना, १६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले नगरपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना नगरपालिका घोषण भएकोमा बधाई दिदै पूर्णखोप नगरपालिका घोषणा भईसकेपछि आगामी दिनमा पनि नगरपालिकाका सम्पुर्ण बालबालिकालाई खोप लगाउन नछुटाउनको लागि सबै बालबालिकाका अविभावक संग समन्वय गरी खोप कार्यक्रम सञ्चालन गर्न रोल्पा नगरपालिकालाई आग्रह गर्नु भएको छ ।

रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्नको लागि अहोरात्र खट्ने स्वस्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वायमसेविका, अविभावक, स्वास्थ्य कार्यालय रोल्पा लगाएत सम्पुर्ण अविभावकलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । साथै थापा घर्तिले आगामी दिनमा खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउदै नगरपालिकामा जन्मिएका सम्पुर्ण बालबालिकाको पूर्णखोप सुनिश्चितताको लागि नगरपालिका सधै प्रतिवद्ध भएर लाग्न समेत बताउनु भएको छ ।

रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थपा घर्तिको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिकाका स्वास्थ्य शाखा प्रमखु टंकबहादुर गिरीले गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिता आचार्य, स्वास्थ्यकार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेल, १० वटै वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वायम्सेविका, अविभावक लगाएत सम्पुर्ण नगरबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array