Ad image

रोल्पामा खोलामा दुबेर एक बालकको मृत्यु

मालश्री खबर
मालश्री खबर १९ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

 

मालश्री खबर जेठ १९ गते, रोल्पा ।

रोल्पामा खोलामा दुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणि गाँउपालिका वडा १ यारी निवासि प्रताप बुढामगरको १० बर्षका छोरा मनोज बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रबक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

त्रिबेणि गाँउपालिका वडा न. १ यारी निवासि पदम राज वुढाको बर्ष ८ का छोरा मोहन वुढा सँग त्रिवेणी गाँउपालिका वडा न. १ यारी लामो दुवालि स्थित रहेको सिवाङ खोलामा गई पौडि खेल्ने क्रममा बुढाको पानीमा डुबेर शुक्रबार दिँउसो ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

पौडी खेल्ने क्रममा खोलामा डुबेका बालक मनोज बुढालाई स्थानियहरुले पानीवाट निकाली उपचारको लागि लैजाने क्रममा वाटोमा नै मृत्यु भएको बताइएको छ । घटनाको थप अनुसन्धान भईराखेको प्रहरी कार्यालय रोल्पा प्रबक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्