Ad image

श्रद्धाञ्जली सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

हिमाली खड्का / मालश्री खबर जेठ १८गते, रोल्पा ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिती रोल्पाकी सदस्य पार्वती घर्तिको स्वर्गिय सासु आमा भिउमाली घर्तिको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । यहि जेष्ठ १५ गतेका दिन ८९ वर्षको उमेरमा घर्तिको निधन भएको थियो । नेपाली काँग्रेस गंगादेव गाउपालिका वडा नं. ७ का वडा सभापती तथा वडा नं. ७ का निबर्तमान वडा अध्यक्ष प्रेमप्रकाश केसीको सभापतित्वमा सम्पन्न भएको श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाका सदस्य मनिषा डागी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाका सदस्य तथा बागचौर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेर बहादुर घर्तिमगर, नेकपा समाजबादि गंगादेव गाउँपालिका उपाध्यक्ष पर्सराम वली, नेपाली काँग्रेस गंगादेव गाउँपालिका वडा नं. ६ का सचिव मुन बहादुर खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

सोक सभामा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सल्यानका सदस्य तथा बागचौर नगरपालिका वडा नं. ७ का निर्बतमान वडा अध्यक्ष शेरबहादुर घर्तिमगर लगाएतले शोक मन्तव्य राख्नु भएको थियो । शुुद्धसान्ती तथा श्रद्धाञ्जली सभा कार्यक्रममा उपस्थीत हुनु भएका सहभागीहरुलाई स्व भिउमाली घर्तिका बुहारी पार्वती घर्तिले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्