Ad image

“भुमि व्यवस्थापनमा नीतिगत चुनौती र समन्वय” बिषयक सम्वाद लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १७ जेष्ठ २०८०, बुधबार
3 Min Read
Aa

शुशिला केसि / मालश्री खबर जेठ १७गते, रोल्पा ।
“भुमि व्यवस्थापनमा नीतिगत चुनौती र समन्वय” बिषयक सम्वाद कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । सम्वाद समुह सचिवालय तुलसीपुर दाङको आयोजना र रोल्पा जिल्ला स्थित भुमि व्यवस्थापन सम्बन्धी सरोकारवाहरुको उपस्थितीमा कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा रोल्पा जिल्लामा भुमि हिनहरुको सख्या, अवस्था र उनिहरुलाई व्यवस्थापन गर्नको लागी के पहल भईरहेको छ भुमि आयोग र स्थानिय सरकारले कसरी काम गरिराखेकोे छ भन्ने बारेमा सरोकारवाला पक्षहरु सँग छलफल गरिएको बताइएको छ ।

रोल्पा जिल्लामा जिल्ला भुमि आयोगले हाल सम्म गरेका काम, जिल्लाको अहिलेको मुख्य समस्या यसलाई समाधान गर्नको लागी आयोगले खेल्दै आएको भुमिका आयोगले स्थानिय सरकार र अन्य सरोकारवाला पक्ष सँग गरेको समन्वय र सहकार्यको बारेमा जिल्ला भुमि आयोग रोल्पाका अध्यष क्रिषिराम रोकाले जानकारी गराउनु भएको थियो ।


सम्वाद कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकि, सुनछहरी गाँउपालिका अध्यक्ष धन बहादुर पुन, लुङ्ग्री गाँउपालिका अध्यक्ष भरत कुमार थापा, माडी गाँउपालिका अध्यक्ष अम्मरसिंह घर्ति, परिबर्तन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढा र थवाङ गाँउपालिका अध्यक्ष क्रिषिकेशब बुढामगर र रुन्टिगढी गाँउपालिका उपाध्यक्ष सरिता केसिलले आफ्नो गाँउपालिकामा भुमि सम्बिन्धी अहिले भएको समस्या, उनिहरुको व्यवस्थापनको लागी स्थानिय सरकार बाट हाल सम्म गरेका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

- Advertisement -
Ad image

रोल्पा जिल्लामा तराइका जिल्लाहरुमा जस्तो भुमिको समस्या नभएको भए पनि केहि समस्या भने भएको बताएका छन् । रोल्पामा बिशेष गरि अव्यवस्थित बसोवास, सार्जनिक जग्गा र सामुदायिक बनक्षेत्र मिच्ने, मठ मन्दिर तथा गुठिको जग्गा कब्जा गर्ने जस्ता समस्या मुख्य समस्याको रुपमा आएको बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, मालपोत कार्यालय रोल्पाका प्रमुख डिल्लीराज न्यौपाने, नापी कार्यालय रोल्पाका प्रमुख शिबराज पोख्रेल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, सामुदायिक बन महासंघ रोल्पाका महासचिव तिर्था आचार्य, रोल्ला भुमि आयोग रोल्पाका बिज्ञ सदस्य मोहन परियार, सामाजिक अभियान्ता कबिता उपाध्याय, डिबिजन बन कार्यालय रोल्पाका प्रतिनिधी खिमराज कवर लगाएतले रोल्पा जिल्लाको “भुमि व्यवस्थापन नीतिगत चुनौती र समन्वयका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बत्ताहरुले भुमि व्यवस्था सम्बन्धि काम लाई थप प्रभाबकारी बनाउनको लागी भुमि आयोग रोल्पाले अझ थप ससक्त भएर काम गर्नु पर्नेमा समेत सुझाब दिएका छन् । संवाद समुहका सहजकता बिक्रम खड्काको बिषय प्रवेश बाट सुरु भएको कार्यक्रमको सहजिकरण सम्वाद समुहका बरिष्ठ सहजकर्ता शुशिल बस्नेतले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्