Ad image

रोल्पामा अटो दुर्घटना हुँदा एक जना गम्भिर घाइते

मालश्री खबर
मालश्री खबर १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर जेठ १७ गते, रोल्पा ।
रोल्पामा अटो दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ पानीपोखरा देखि सुलिचौर जादै गरेको रा १ ह २६०७ नम्बरको अटो सुनिल स्मृति ३ मिझिङ पुतली पधेरो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको छ । अटो दुर्घटना हुँदा अटोमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घाइते हुनेमा सुनिल स्मृती गाँउपालिका वडा न. ३ मिझिङ खारा निवासि बर्ष ६० का नेपाले घर्ती र सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ का बर्ष ३६ का मिना बिक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते नेपाले घर्तिको खुट्टामा गम्भीर चोटलागेको छ । अर्का घाईते मिना बिकको हातमा सामान्य चोटलागेको छ । घाइते हरुलाइ सुलिचौर प्रथमिक स्वास्थ केन्द्रमा उपचार पश्चात गम्भिर घाइते भएका नेपाले घर्तिलाई थप उपचारको लागी लुम्बिनी अस्पताल बुटवल रिफर गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्