Ad image

सुनिलस्मृतिमा आँखा स्वास्थ्यका बारेमा अन्तरक्रिया

मालश्री खबर
मालश्री खबर १६ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

 

सुनिलस्मृति गाउँपालिकामा आँखा स्वास्थ्यका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल नेत्रज्योति संघ र लमही आँखा अस्पतालको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको सहयोगमा पालिकामा उज्यालो अभियान सञ्चालन गरि अन्धोपन न्यूनिकरणका गर्न साझेदारीमा प्रतिवद्धता समेत जनाएका छन । ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ भन्ने मुल नाराका साथ अभियानका थालनी गरिएको छ ।

नेत्रज्योति संघ दाङका सदस्य घनश्याम सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा सुनिलस्मृति गाँउपालिकाका अध्यक्ष मणिराम बुढाथोकि रहनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा आँखा उपचार केन्द्र राख्नका लागि पहल गरेको भन्दै केन्द्रलाई अव आँखा अस्पतालमा स्तरोन्नती गर्नका लागि पनि आफुले सक्दो सहयोग र पहल गर्ने बताउनु भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले आँखा मानव जिवनका लागि महत्वपुर्ण अंग भएकाले यसको बारेमा जनचेतना फैलाउने र उपचारका लागि आँखा अस्पताल स्थापना गर्नु आवश्यक रहेको बताउनु भएको छ । सुनछहरी, लुग्री र सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौर भएकाले पनि यस क्षेत्रमा ब्यवस्थित आँखा अस्पतालको आवश्यकता रहेको उहाले बताउनु भएको छ ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले रोल्पा जिल्लामा आँखाका विरामीहरुको अवस्था, आफुहरुले गरेको गतिविधि र स्थानिय सरकारले गर्नु पर्ने दायित्वका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो । कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका सबै वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array