Ad image

अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षण भालुबाङमा सुरु

मालश्री खबर
मालश्री खबर १६ जेष्ठ २०८०, मंगलवार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर / मालश्री खबर जेठ १६ गते, रोल्पा ।
अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षण लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा आज मंगलबार देखि शुक्रबार सम्मको लागि प्रशिक्षण सुरु भएको हो।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षणको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।


प्रशिक्षणको उद्घाटन गर्दै,लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेले मिडिया र पत्रकारले समाजमा भएका सत्य,तथ्य कुरालाई बाहिर ल्याएर आम नागरिकहरुको विश्वास जित्नुपर्ने बताउनुभयो।यसरी काम गर्न सकेमात्र आम नागरिकले मिडिया र पत्रकारलाई विश्वसनीयता दिलाउँने कुरा जोड दिनुभयो।छिमेकी राष्ट्र भारतमा मिडियाको क्षेत्रमा हेर्ने हो भने सरकारको राम्रो कामको प्रचार–प्रसार गर्ने गरेको बताउँदै,त्यसका लागि मिडिया सञ्चालन गर्नका लागि भारतीय सरकारले लगानी गरिरहेको बताउनुभयो।साथै नेपालमा पनि सांसद र मन्त्रीहरुले गरेको राम्रो कामको मिडियाले प्रचार–प्रसार गरि बाहिर ल्याउन भूमिका खेल्नुपर्ने र नराम्रो कामको खबरदारी गर्न समेत आग्रह गर्नुभयो ।

मिडिया र पत्रकारले एउटा खोला किनारमा काम गर्ने र बस्ने सामान्य व्यक्तिको पनि समाचार प्रसारण गरिदिएमा,लेखिदिएमा उनीहरूले पनि हाम्रो समाचार छापिए छ,प्रसारण भएको रहेछ भनेर खुशी हुनेमा आफू बिश्वस्त भएकोले मिडिया र पत्रकार प्रतिको विश्वास बढ्ने समेत बताउनुभयो।नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको हिसाबले लुम्बिनी प्रदेशलाई चिनाउन सकिने कुरामा जोड दिदैँ भन्नुभयो“हामीसँग बुद्ध जन्मेको लुम्बिनी गौतम बुद्ध पनि हाम्रो प्रदेशमै पर्छ र त्यतिमात्र नभएर लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा पनि थुप्रै पर्यटकीय क्षेत्रहरु भएको समेत“मन्त्री पाण्डेले बताउनुभयो।आफू प्रदेशको मन्त्री भएकोले लुम्बिनी प्रदेशका मिडिया र पत्रकारहरुलाई ब्यवस्थित ढंगले अगाडि बढाउनको लागि पर्याप्त बजेट व्यवस्थापन गर्ने र नीति तथा कार्यविधि बनाएर अगाडि बढाउने कुरामा जोड दिदै लुम्बिनी प्रदेश सरकारले मिडिया र पत्रकारलाई चलाएमान बनाउनको लागि बजेट कटौती नहुने कुरामा समेत बिश्वस्त समेत पार्नु भएको छ,उनले भने ।

- Advertisement -
Ad image


अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षणका प्रशिक्षक किरण कौशलले अनलाइन मिडियाको पछिल्लो समय अत्याधिक माग भएको बताउँदै पहिले सञ्चालन हुँदै आएको पत्रपत्रिका र रेडियोहरु पनि डिजिटल प्रविधिमा जानुपर्ने समय आएको बताउनुभयो।साथै मिडिया र पत्रकारले सधैं सत्यतथ्य कुरालाई मात्र सम्प्रेषण गर्न सकेमा आम नागरिकको विश्वास हुने भएकोले त्यसलाई ध्यान दिनुपर्ने कुरा जोड दिनुभयो।सधैं पत्रकारले राम्रो कामलाई प्रचार–प्रसार गर्नुपर्ने र नराम्रो कामको खबरदारी सँगै निरन्तरता प्रश्न उठाउने पत्रकारिताको धर्म भएको समेत उनले भने ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीले अबको पत्रकारितामा भिजन र क्वालटी हुनुपर्ने बताउनुभयो।गिरीले श्रमजीवी पत्रकारहरुको लागि क्षमता वृद्धि गर्न र क्वालटीलाई विकास गर्नका लागि यस्ता किसिमको तालिम र प्रशिक्षण दिदै आएको समेत बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले आफु लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश भित्रका काम गर्दै आएका पत्रकारहरुको लागि थप सशक्त र क्षमतावान बनाउनको लागि सहयोग गर्दै आएको समेत बताउनुभयो।लुम्बिनी प्रदेश सरकारले मिडिया र पत्रकारहरुका लागि कार्यविधि र नियमावली बनाएर आगामी दिनमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।अहिले लुम्बिनी प्रदेश सरकारमा सञ्चार नीति र कार्यविधि नहुँंदा यो बर्षका लागि छुट्याइएको सञ्चार क्षेत्रको करिब २ करोड बजेट फ्रीज हुने अवस्था पुगेको समेत बताउनुभयो ।

आगामी दिनमा लुम्बिनी प्रदेश सरकारले यस्ता कुराहरूमा पनि पहिल्यै ध्यान दिएर कार्यान्वयनमा लग्नुपर्ने समेत उनले भने।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षणमा लुम्बिनी प्रदेश भित्रका १२ जिल्लाका करिब २४ जना प्रशिक्षार्थी विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको बताइएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले गर्नु भएको थियो ।

     

प्रतिक्रिया दिनुहोस्

Array