Ad image

सुनिलस्मृति गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा

मालश्री खबर
मालश्री खबर १६ जेष्ठ २०८०, मंगलवार
4 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १६ गते, रोल्पा ।

सुनिलस्मृति गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता पालिका घोषण भएको छ । पालिकाभित्रका ५ वर्ष मुनिका बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि पालिकालाई मंगलबार जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको गाउँपालिकाले जानकारी दिएको छ । वैशाख ३ गते पूर्णखोप सुनिश्चितता लागि स्वास्थ्य कार्यालय रोल्पाद्धारा अनुगमन गरीएको थियो । अनुगमनको क्रममा पूर्णखोप सुनिश्चितताको सम्पुर्ण मापदण्ड पुरा गरेको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पाख्रेलले बताउनु भएको थियो । सोही अनुरुप गाउँपालिकाले आज मंगलबार पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

 

 

- Advertisement -
Ad image

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा सह—संयोजक सावित्रा थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवदेन प्रस्तुत गर्दै थापाले पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि २०८० साल वैशाख ५ गते देखि वैशाख २० गते सम्म गाउँ—गाउँमा गई खोप अभियान सञ्चालन गरेको बताउनु भएको थियो । पूर्णखोप निर्देशिकाको अनुसूचीको ४ वमोजिम घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५ वर्ष सम्मका खोप नलगाएका बालवालीकाहरु जम्मा १५ जना भटिएका थिए । सर्वेक्षणमा भटिएका ति बालवालीकाहरुलाई गाउँपालिकाले खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकेको थापाले बताउनु भएको छ ।
पूर्णखोप अनुसूची ५ वमोजिम हाल खोप पाईरहेका १५ महिना सम्मका बच्चाहरुको संख्या गाउँपालिका भर ७ सय १२ जना रहेका छन् भने खोप सर्वेक्षणबाट गाउँपालिकामा १ हजार ९ सय १७ जना, १६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामै पहिलो पूर्णखोप पालिका दिगोपन तथा सुनिश्चितता घोषण भएकोमा गाउँपालिकालाई बधाई दिनु भएको छ । पूर्णखोप पालिका घोषणा भईसकेपछि आगामी दिनमा पनि पालिकाका सम्पुर्ण बालबालिकालाई खोप लगाउन नछुटाउनको लागि सबै बालबालिकाका अविभावक संग समन्वय गरी खोप कार्यक्रम सञ्चालन गर्न सम्पुर्ण स्वास्थ्यकर्मी, स्वास्थ्य स्वस्थ्य स्वयमसेविका लगाएत सम्पुर्ण सचेत नागरीकलाई आग्रह गर्नु भएको छ । साथै जिल्ला प्रशासन बाट हुने सेवामा आफुले सधै साथ सहयोग र पालिका सँग समन्वयकारी ढंगबाट अगाडी बढ्ने बताउनु भयो ।

सुनिलस्मृति गाउँपालिका खोप समन्वय समतिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष बुढाथोकीले आफ्नो पालिका जिल्लामा पहिलोपटक पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्नको लागि अहोरात्र खट्ने कर्मचारी, महिला स्वास्थ्य स्वायमसेविका, अविभावक, स्वास्थ्य कार्यालय रोल्पा लगाएत गाउँपालिकाबासी सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै बुढाथोकीले आगामी दिनमा खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउदै पालिकामा जन्मिएका सम्पुर्ण बालबालिकाको पूर्णखोप सुनिश्चितताको लागि पालिका सधै प्रतिवद्ध भएर लाग्न समेत बताउनु भएको छ ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन सुनिलस्मृति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमखु तथा पालिका खोप समन्वयस समितिका सदस्य सचिव मोतिम आलमले गर्नु भएको थियो । प्रमुख प्रशासकीय दिनेश पौडेलले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको गाउँपालिकाले जानकरी दिएको छ ।
पुर्णखोप पालिका दिगोपना तथा सुनिश्चितता घोषणा कार्यक्रममा रोल्पा प्रहरी प्रमुख श्यामकुमार सारु मगर, स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पोख्रेल, सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापा, गाउँपालिका भित्रका सबै वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वायम्सेविका, अविभावक लगाएत सम्पुर्ण गाउँपालिकावासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array