Ad image

गंगादेव गाउँपालिका वडा नं. २ लाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा

मालश्री खबर
मालश्री खबर १६ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

हिमाली खड्का / मालश्री खबर जेठ १६ गते, रोल्पा ।

गंगादेव गाउँपालिका वडा नं. २ मा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा गरिएको छ । पुर्ण खोप सुरक्षित भविष्य, पुर्ण खोप पाउनु बालबालिकाको नैशगिंक अधिकार हो भन्ने मुल नाराका साथ कुनै पनी बालबालिका खोप लाउनबाट नछुटुन् भनेर सुरुगरिएको अभियान सफल भएपछि आज गंगादेव गाउँपालिका वडा नं. २ को जिनाबाङ स्वास्थ्य चौकिमा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषण गरिएको हो । वडा न. २ का वडा अध्यक्ष अम्मर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी केसी रहनु भएको थियो ।


कार्यक्रको अन्य अतिथिमा गाउँकार्यपालिका सदस्य तुलसीराम वि.क. दुर्पता घर्ति, गंगादेव गाउँपालीका स्वास्थ्य शाखा संयोजक सकलदेव यादव, वडा नंं. २ का वडा सदस्य कृष्ण बुढामगर, लोकेन्द्र वली, टिकी बि.क. वडा नं. २ का वडा सचिव धनबहादुर डाँगी रहनु भएको थियो । कार्यक्रममा वडाका सम्पुर्ण स्वास्थ्य स्वयमसेविका, महिला आमा समुह विद्यालयका शिक्षक लगाएतको सहभागीता रहेको थियो । जिनाबाङ स्वास्थ्यचौकीका अनमि पवित्रा वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन जिनाबाङ स्वास्थ्यचौकीका प्रमुख दोर्ण डाँगीले गर्नुभएको थियो । गंगादेव गाउँपालिकाको २ नम्वर वडालाई सातौँ अर्थात अन्तीम वडा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषण गरिएको हो ।


कार्यक्रममा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन, उपाध्यक्ष अमृता कुमारी के.सी, स्वास्थ्य शाखा प्रमुख सकलदेव यादव, वडा नं. २ का वडा सचिव धनबहादुर डागी, लगाएतले मन्तव्य राख्नु भएको थियो । आफ्नो भनाइ राख्दै कार्यक्रममा बोल्ने अतिथिहरुले बच्चा जन्मिएपश्चात उसले पाउने अधिकारको सुनिश्चतता गर्दै स्वस्थ व्यक्ति भयो भने मात्र स्वस्थ समाज निर्माण हुन्छ भन्ने उहाँहरुको भनाइ थियो । साथै आफ्ना बच्चा लाई पुर्ण खोप लगाए संगै नजिकको स्वास्थ्य संस्थामा गइ बच्चाको तौल लिन, आफ्नो बच्चाको सरसफाईका साथै पोषणमा समेत विशेष ध्यान दिनुपर्ने बताउनु बताएका थिए । यसैगरी बच्चाको खोप सुनिश्चता वडा घोषणा गर्नमा महिला स्वास्थ्य स्वयमसेविकाको मह्त्वपुर्ण भुमिका रहेको हुदा उहाँहरुको कामको सम्मान गर्दै विशेष धन्याबाद समेत दिएका हुन् ।

- Advertisement -
Ad image

   

प्रतिक्रिया दिनुहोस्

Array