Ad image

पानीमा डुबेर रोल्पामा एक बालिकाको मृत्यु

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १५ रोल्पा ।
पानीमा डुबेर रोल्पामा एक बालिकाको मृत्यु भएको छ । माडिगाउँपालिका ४ एनावाङ कि वर्ष १४ कि मनमाया घर्तिमगरको मृत्यु भएको हाे ।

माडि गाउँपालिका ४ तार्केवाङ स्थित माडि खोलको रहमा डुबेर सोमबार दिउसो करिब २ बजेर ३५ मिनेटमा घर्तिमगरको ज्यान गएको ईलाका प्रहरी कार्यालय घर्तिगाउँले जानकारी दिएको छ । घर्तिमगर साथीहरुसँग नुहाउनको लागि खोलामा गएकी थिईन ।

घटना घटेको जनाकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालाय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा ८ जनाको टोली घटनास्थलमा पुगेको छ ।

- Advertisement -
Ad image

 

प्रहरी घटनास्थलमा पुग्दा मृतक घर्तिमगरलाई साथीहरुले पानीको रहबाट बाहिर निकाली खोलाको दाहिने किनारामा राखेको भट्टराईले जानकारी दिनु भएको छ । मृतक घर्तिमगरको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array