Ad image

नेपाल प्रेस युनियन रोल्पाद्धारा फलफुल बितरण तथा रक्तदानको आयोजना

मालश्री खबर
मालश्री खबर १३ जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर जेठ १३ गते, रोल्पा ।
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा रोल्पा अस्पताल रेउघा रोल्पामा भर्ना भएका बिरामिहरुलाई फलफुल बितरण तथा रक्तदान गरिएको छ । नेपाल प्रेस युनियन रोल्पाको आयोजनामा रोल्पा अस्पताल रेउघा रोल्पामा भर्ना भएका बिरामिहरुलाई फलफुल बितरण तथा रक्तदान गरिएको नेपाल प्रेस युनियन रोल्पाले जानकारी दिएको छ । नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्यको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंवम समाजसेवी कृष्ण बहादुर घर्तिमगरको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम गरिएको नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ । रोल्पा अस्पतालमा भर्ना भएका बिरामिहरुलाई फुलफल र अण्डा प्रदान गरिएको बताइएको छ ।

फलफुल बितरण कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापतिका प्रत्यासि एंव बरिष्ठ मान बहादुर खत्री, नेपाल प्रेस युनिय रोल्पाका पुर्ब अध्यक्ष तथा नेपाली कांग्रेस रोल्पाका उपसभापति कबिता उपाध्याय, रोल्पा अस्पताल रेउघाका अस्पताल विकास बोर्डका अध्यक्ष फबिन्द्र आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका नबिनलोचन मगर, रोल्पा अस्पताल रेउघा रोल्पाका निमित्त कार्यालय प्रमुख लोकरत्न ज्ञवाली, रोल्पा अस्पताल रेउघा रोल्पाका एमडिजीबी डाक्टर रनबहादुर बोग्टी, लगाएतले शुभकामना मनतव्य राख्नु भएको नेपाल प्रेस युनियन रोल्पाका कोषाध्यक्ष सन्दिप डाँगी बताउनु भएको छ ।

सोहि अवसरमा नेपाल रेडक्रस सोसाईटी रोल्पाद्धारा सञ्चालित रगत संचार सेवा केन्द्रमा रगतदान समेत गरिएको बताइएको छ । रगत दान गर्नको लागी नेपाल प्रेस युनियन रोल्पामा आबद्ध ८ जना व्यतिहरु इच्छुक भएको भए पनि अहिले रत्त संचार केन्द्रमा रगत अभाब नभएको हुनाले अहिले दुई जनाले मात्रै रक्तदान गरेका छन् । बार्कि छ जनाले रगत आवश्यक परेको समयमा जुनसुकै समयमा भए पनि रगत दिन आउने गरि नाम दर्ता गरेको नेपाल रेडक्रस सोसाईटी रोल्पाद्धारा सञ्चालित रगत संचार सेवा केन्द्रका प्रमुख कल्पना डाँगीले जानकारी दिनु भएको छ । कार्यक्रममा नेपाल प्रेस युनियन प्रतिआस्थावाब प्रत्रकार, जिल्लामा क्रियाशिल अन्य पत्रकार संगठनका प्रमुख प्रतिनिधी लगाएतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस युनियनले गरेको यो कार्यलाई नयाँ र स्वागत योग्य भएको बताएका छन् । यस्तो कार्यले विरामीहरुको मनोबल बढ्ने बताउँदै आगामी दिनमा पनि प्रेस युनियनले अझै नयाँ र पृथक खालका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन आग्रह गरेका छन् । जिल्लामा हुने रगत अभावको समस्यालाई मध्यनजर गर्दै युनियनले रक्तदान गर्ने निर्णय निकै सराहनीय भएको भन्दै अरुको जिवन रक्षाको लागि रगत दान गरेकोमा अस्पतालले धन्यवाद समेत व्यक्त गरेको छ । पश्चिमेली संस्कृतिको सिको गर्दै स्थापना दिवस मनाउनु त्यति धेरै उचित नहुने बताएका थिए । प्रेस युनियनको यो कार्यक्रम प्रति सहभागीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

   

प्रतिक्रिया दिनुहोस्

Array