Ad image

मोटरसाईकल दुर्घटना परि रोल्पामा एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर वैशाख १३ गते राेल्पा । 

मोटरसाईकल दुर्घटना परि रोल्पामा एक जनाको मृत्यु भएको छ । सुनिलस्मृती गाँउपालिका वडा न. २ खुंग्री चतुर्भजको मोडमा लु ८७ प २०६८ नम्बरको मोटरसाईकल दुर्घटना हुंदा मोटरसाईकल सवार प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा न.८ धनचौर निवासि बर्ष १६ को सागर सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ । दुर्घटना साझा ६ बजेर ५ मिनेटको समयमा भएको बताइएको छ ।


रोकि राखेको मोटरसाईकल स्टार्ट गरी घुमाउने क्रममा बाटो देखि करिब ३५ मिटर तल खेसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटना भएको खबर लगतै ईलाका प्रहरी कार्याल खुंग्री रोल्पाबाट प्रहरी टोली खटि गई उद्धार गरी प्राथामिक स्वास्थय केन्द्र सुलिचौर पठाएको प्रहरीको भनाई रहेको छ । मोटरसाईकलमा दुर्घटना परि घाइते भएका सापकोटाको उपचारको क्रममा साझ ७ः१० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array