Ad image

फरार प्रतिवादी बुढा रोल्पाको परिवर्तन १ उपवाङबाट पक्राउ

मालश्री खबर
मालश्री खबर १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

भरत विश्वकर्मा

मालश्री खबर जेठ १३ गते राेल्पा । 

रोल्पामा एक फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । २०६१ साल भदौ २८ गतेको लागुऔषध ९चरेश० सम्बन्धी कसुर मुद्दामा सम्मानित रोल्पा जिल्ला अदालतबाट २०६५ साल असार २२ गतेको फैसला अनुसार कैदर जरिवाना असुल उपर गर्न सम्मानित अदालतबाट भएको आदेश बमोजिम फरार प्रतिवादीलाई यहि जेठ १२ गते रोल्पाको परिवर्तन गा।पा। १ उपवाङ स्थित खोजतलास गर्दा फेला पारी पक्राउ गरी फरार प्रतिवादी सिरमता बुढा लाई बैशाख १२ गते सम्मानित अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको दिएको छ ।

- Advertisement -
Ad image

साथै उक्र फरार प्रतिवादीलाई सम्मानित रोल्पा जिल्ला अदालतको आदेश बमोजिम रु १४,०००।– चौध हजार- जरिवाना र १० महिना २९ दिन कैद भुक्तान गर्न प्रतिवादी सिरमता बुढालाई जिल्ला कारागार कार्यालय रोल्पामा पठाइएका बताइएको छ ।

त्यस्तै आ।व। २०७९÷८० मा हालसम्म ३६ जनालाई पक्राउ गरी फैसला कार्यन्वयनका लागी सम्मानित रोल्पा जिल्ला अदालत पठाईएको जसबाट जम्मा ७० वर्ष ६ महिना १५ दिन कैद र रू।४,६८,६१० जरिवाना असुल गरिएको र अन्य फरार प्रतिबादीहरुको खोजिकार्य तिब्र बनाईएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array