Ad image

सुरक्षित गर्भपतन सेवा लुङ्ग्री गाउँपालिकामा पनि प्रभावकारी बन्दै

मालश्री खबर
मालश्री खबर १३ जेष्ठ २०८०, शनिबार
15 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,जेठ ६ गते रोल्पा।

सुरक्षित गर्भपतन सेवा लुङ्ग्री गाउँपालिकामा पनि प्रभावकारी बनेको छ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङ देखि पूर्वी रोल्पामा अवस्थित लुङ्ग्री गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा प्रभावकारी भएको बताइएको छ । आईपास नेपालको आर्थिक सहयोग र पास नेपालको सहजीकरणमा नेपालमा सुरक्षित गर्भपतन शुद्धीकरण परियोजना अन्तर्गत रोल्पा जिल्लामा विगत ५ बर्ष अगाडिबाट सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।

आईपास नेपालले पाँच दिने तालिम दिई सकेपछि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन बारेमा पहिले थाहा थिएन कुन९कुन अवस्थामा गर्भपतन गराउनुपर्छ र यौन तथा प्रजनन स्वास्थ्य भनेको के हो भन्ने कुरा थाहा थिएन तर अहिले आफू लगायत आफ्नो परिवारमा आईपास नेपालको तालिमले गर्दा धेरै फाइदा भएको आईपास नेपालका सामाजिक अभियान्ता (च्याम्पियन) जयबहादुर बस्नेतको भनाइ रहेको छ ।

 

- Advertisement -
Ad image

 

“म पहिले गाउँ घरमा जाँदा खेरि अरु सँग डराउँथे भने अहिले सामाजिक अभियान्ताको रूपमा काम गर्दै गर्दा निर्धक्क रूपमा गाउँ गाउँमा गएर सिकाउन सक्ने र बोल्न सक्ने भएको छु” बस्नेतले बताउनुभयो । “यो गाउँपालिका भौगोलिक हिसाबले विकट छ र पछाडि परेको गाउँपालिका हो तर हामी जनचेतनामूलक कार्यक्रम गर्नको लागि समूहहरु गठन गरि छलफल गर्ने गरीरहेका छौ, त्यसैले अहिले केही परिवर्तन भएको छ ।

अहिले आफ्नो मनमा भएको कुरा पोख्न सक्ने हुनु भएको छ र आफूमा लागेको कुरा उठेर राख्न सक्ने हुनु भएको छ भने समस्याहरुको पहिचान गर्ने र मेरो समस्या यो हो है भनेर राख्ने गरिएको गर्नु हुन्छ” बस्नेतले थप्नु भयो । पहिले बालबिवाहको दर पनि वृद्धि भएको बताउँदै उँहाले भन्नुभयो ‘ स्वास्थ्यको बारेमा पनि राख्न नसकेको अवस्था थियो जुन पाठेघर खस्ने र धेरै बच्चाहरु जन्माउने थियो, तर अहिले कम भएको छ किनकि बालबिवाह गर्नु हुँदैन भन्ने अभियानमा लाग्नु भएको छ आफ्नो स्वास्थ्य, आफ्नो अधिकारको बारेमा पनि छर्लङ्ग रूपमा जान्नु भएको भएको छ ।’

 

स्वास्थ्यको बारेमा र परिवारको बारेमा कति सन्तान बनाउने भन्ने सन्दर्भमा धेरै कुराको जानकार भइसकेको र अहिले गाउँका आम नागरिक परिवर्तन भय सँगै वडा कार्यालय र गाउँपालिका पनि परिवर्तन भएको छ किनकि अहिले गाउँपालिकाले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आम नागरिकको केही बजेट छुट्याउनु पर्छ भन्ने हिसाबले पनि सुरक्षित गर्भपतन सेवाको लागि सुचिकृत बनाउन पह्ल गरेको र केही स्वास्थ्य चौकीहरु दर्ता समेत गराइएको बताउनुभयो ।

त्यस्तै बजेटको पनि व्यवस्थापन गरिएको र ग्रामीण भेग गाउँका महिला पुरुषको लागि सरल माध्यम बनेको समेत बताउनुभयो। यो गाउँ यो समाज भनेको एउटा सामाजिक समस्या हो तर समाजमा यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्दा यस्ता कुरा चाहिँ बोल्नु हुन्न लाज हुन्छ र श्रीमान श्रीमतीले मात्र गर्नु हुन्छ भन्ने थियो भने अहिले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा बोल्नुपर्छ भन्ने बुझाई छ र सुरक्षित गर्भपतन सेवा बारेमा अनबिज्ञ जस्तो भयता पनि पहिले प्राइभेट मेडिकलमा जाने गर्नुहुन्थ्यो भने अहिले सरकारी स्वास्थ्य चौकीमा गएर निस्शुल्क सेवा लिने बाताबरण बनेको र यो व्यक्तिले त्यो ग¥यो त्यो व्यक्तिले यो ग¥यो भन्ने नभएको उनले भने।

हरेक सेवामा गोपनीयतामा ख्याल राख्नुपर्ने बताउँदै सेवा लिउने व्यक्ति र सेवा दिने व्यक्तिमा गोपनीयता भएन विश्वास भएन भने कसरी सेवा लिउन नआउनु हुन्छ र अर्को समस्या आउने बडाचौर स्वास्थ्य चौकीमा कार्यरत सेवा प्रदायक व्यक्ति सुनिता रोका क्षेत्रीको भनाइ रहेको छ।उनले भने सुरक्षित गर्भपतन सेवा लिउनेमा किशोर किशोरी हुने भएकाले भरपूर रूपमा ख्याल गर्ने गरिएको बताइन्।सेवा लिन आउँदा श्रीमान श्रीमती दुबैमा सरसल्लाह हुने कुरा भयो तर श्रीमानलाई नै लिएर आउनुपर्छ भन्ने हुँदैन कोही कोही स्वइच्छाले आउने पनि हुनुहुन्छ र कोही एक्लै आएर केही बहाना बनाएर आएर पनि सेवा लिनु हुन्छ भने कोही चाहिँ चेक गराउन आउनु हुन्छ कोही चाहिँ आउनु हुँदैन उनले बताइन्।

एब्रोसन गराउनु भन्दा पहिले भन्दा पनि पछाडी आएर बुझ्नु हुन्छ भने त्यो बेला हामीले काउन्सेलीङ गरेर पठाउछौं र आमा समूह,महिला स्वयंसेवीका र किशोर किशोरी कार्यक्रम सञ्चालन गर्दा पनि सेभ एब्रोसनको बारेमा कुरा गर्ने गरेको समेत बताइन्।जसले गर्दा पहिले नै बुझी सक्नु भएको हुन्छ र कम मात्रामै आएर बुझ्ने गरेकोले सेभ एब्रोसन र मेडिसियन युज गरेर गएपछि फ्लोअफका कुराहरू छन त्यो पनि फोनबाटै बुझ्ने र प्रत्यक्ष आएर परामर्श लिने गरेको समेत उनले बताइन।

प्रजनन स्वास्थ्य जनचेतनामूलक मुलक कार्यक्रम हुने गरेको र परिवार नियोजन अर्को सुरक्षित मातृत्व सम्बन्धि त्यहाँ गएर सुरक्षित स्वास्थ्य आमा समूहमा जान्छौं बडाचौर स्वास्थ्य चौकीका प्रमुख कुमारी बिष्टको भनाइ रहेको छ । उनले भनेूहामीले त्यहाँ गएर परिवार नियोजन,सुरक्षित गर्भपतन,सुरक्षित मातृत्व,किशोर किशोरीको अवस्था,किशोर किशोरीका प्रजनन,उमेर ढल्केका महिलाका प्रजनन अवस्था,नवजात शिशु,झाडापखाला र नसर्ने रोगका बारेमा छलफल गर्ने गरिएको बताइन् ।

 

“स्वास्थ्य आमा समूहमा आएर कुराहरु सुनदिनु हुन्छ कार्यक्रम अवधिमा खाजा नास्ता वडा कार्यालय र गाउँपालिकाले गर्न सकेपनी राम्रो हुन्थ्यो हुन त दस देखि पन्ध्र मिनेटको हो खाजा नास्ता छ भनेपछि सक्रिय रूपमा सुन्ने गर्नु हुन्थ्यो होला भन्ने लाग्छ तर अर्को कुरा किशोरीहरु विद्यालयमा बढी हुनुहुन्छ र हामी विद्यालयहरुमा पनि जाने गर्छौं” उनले बताइन् ।

हामी त्यहाँ गएर महिनावारी व्यवस्था, सुरक्षित गर्भपतन, किशोर अवस्था, किशोर किशोरीको प्रजनन अवस्था बारेमा छलफल गर्छौ र विद्यालयमा पढाउने समय पनि नहन सक्छ त्यसको लागि वडा कार्यालय, गाउँपालिका, स्वास्थ्य शाखा र स्वास्थ्य संघ संस्थाका इन्चार्जहरुले कुनै स्वास्थ्य सम्बन्धि कार्य योजना बनाएर कार्यक्रम गर्ने हो भने अहिलेको भन्दा पनि धेरै प्रभावकारी हुने बताइन्।

 

हामी सबैको सहकार्य राम्रो भएपछि मात्र हुने बताउँदै त्यसको लागि स्वास्थ्य चौकी देखि वडा कार्यालय, गाउँपालिका, गाउँपालिका स्वास्थ्य शाखाका संयोजक र विद्यालयका शिक्षक शिक्षिका सबै समन्वय हुनुपर्ने र किशोरीहरु पनि विद्यालय धेरै हुने समेत बताइन् । साथै अहिले किशोरीहरु विद्यालय नजाने कोही पनि नभएकोले सबैले एउटा कार्य योजना बनाएर अगाडि बढ्ने हो भने अझै राम्रो सफलता प्राप्त गर्न सकेन समेत उनले बताइन् ।

अहिले स्वास्थ्य आमा समूहहरु गठन भएको र महिला समूह निर्माण भएको उनीहरूलाई अभिमुखीकरण तालिम र कार्यक्रम गर्दै आएको लुङ्ग्री गाउँपालिका ९५ का वडा अध्यक्ष रिख बहादुर रोकाको भनाइ रहेको छ । उनले आफ्नो वडा कार्यालयबाट काम ठिक भएको छ कि छैन कार्यक्रमले कतिको प्रभाव पा¥यो भनेर अनुगमन गर्ने गरेको बताउनुभयो ।

आईपास नेपाल र पास नेपालले आफ्ना सामाजिक अगुवा र सामाजिक अभियान्तालाई जुन शिक्षा दिनु भएको छ उर्जा दिनु भएको छ र चेतना दिनु भएको छ यद्यपि आईपास नेपाल र पास नेपालको समय थप्न मिल्छ भन्छ भने हामीले त्यो पहल जनप्रतिनिधिको हिसाबले गर्छौं र यदी प्रावधानमै छैन समयनै सकिएको हो भने वडा कार्यालयले अहिले काम गर्दै आएका व्यक्तिहरुलाई राखेर जनचेतनामूलक कार्यक्रम गर्ने र जागरुक बनाउन सकिने समेत बताउनुभयो ।

निरन्तरता दिनको लागि अहिले यसमै परिपक्वता भयो भन्ने छैन एवम् रुपले उद्देश्य थप्निको लागि कतैबाट अथवा वडा कार्यालयको तर्फबाट कम मात्रामा भएपनि बजेटको व्यवस्थापन गरेर कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनुभयो । हामीले यो कार्यक्रम भन्दा पनि थप आम नागरिकमा सेवा र त्यवाँ पाउनुका साथै आम नागरिकले प्रभावकारी हुने गरि अझै गुणस्तरीय र सबल बनाउन आशा अपेक्षा सहित आगामी दिनमा अगाडि बढ्ने समेत उनले भने ।

स्वास्थ्य आमा समूहहरु गठन गरेर जनचेतनामूलक तथा अभिमुखिकरण कार्यक्रम र हरेक छलफलमा आफू पनि सक्रिय रूपमा सहभागी हुने गरेको लुङ्ग्री गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी गुरुङको भनाइ रहेको छ।उनले किशोर किशोरीसँग बालबिवाह सम्बन्धि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि र महिलाका नेतृत्व क्षमता विकास जस्ता कार्यक्रम गर्दै आएको बताइन् । अहिलेसम्म उनीहरूले गरेको कामको प्रत्यक्ष रूपमा अनुगमन नगरियता पनि अनौपचारिक रूपमा गर्ने गरेका छौँ आगामी दिनमा थप प्रभावकारी ढंगले गर्ने छौं उपाध्यक्ष गुरुङले भन्नु भयो ।

आईपास नेपाल र पास नेपालले गर्दै आएको काम सह्रानीय छ र राम्रो हो तर उहाँहरुको साथ सहयोगले गर्दा यो अवस्था सम्म आएकोले पनि आगामी दिनमा पनि हामी सहयोग पाउने आशा छौँ र जुन काम गरिरहनु भएको छ हामीलाई थाहा थिएन नयाँ भएर पनि होलारुजुन आईपास नेपाल र पास नेपालले कार्यक्रम गरेको छ अहिले हामी पनि धेरै अनुभवी भएका छौं भने यद्यपि उहाँहरुको समय सकिए पनि हामीले काम गर्नुपर्ने हुन्छ र आईपास नेपाल र पास नेपालसँग झनै हामी सहकार्य गर्न पाए प्रभावकारी र राम्रो गर्न सकिने समेत बताइन्।अहिले नीति तथा कार्यक्रम निर्माण गर्ने समय पनि नजिक आएको हुनाले निरन्तरता दिनको लागि बजेटको व्यवस्थापन गर्नुपर्ने कुरामा पालिकामा छलफल भएको र बजेट ठूलो रकम नभए पनि कम रकम भए पनि हामी गर्ने कोसिश गर्नेछु उनले भनिन् ।

गाउँपालिकाले मात्र एक्लै सम्भव नभएकोले लुङ्ग्री गाउँपालिकाको सात वटै वडामा गएर सुरक्षित गर्भपतन सेवाका लागि अभिमुखिकरण कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने देखेकी छु र त्यसको लागि तपाईं हामी मात्र नभएर आईपास नेपाल र पास नेपालको पनि उत्तिकै साथै सहयोग र समन्वय हुनुपर्छ भने सबैको हातेमालो भएपछि सोचेको उद्देश्य अनुरुप कार्य गर्न सकिने समेत उनले भने ।

सुरक्षित गर्भपतन सेवा सम्बन्धि कार्यक्रम र अभियान गर्दै आएको र सुरक्षित गर्भपतन यो९यो ठाउँमा पाइन्छ त्यहाँ गएर सेवा लिन सकिन्छ भनेर जानकारी गराउने काम गर्दै आएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमारी थापाको भनाइ रहेको छ । उनले सुरक्षित गर्भपतन गोप्नीयताका साथ सो व्यक्तिको इच्छा अनुसार कसैको दबाबमा नपरी लिउने सेवा भएको समेत बताउनुभयो । साथै हामीले उनीहरूको काममा अनुगमन गर्ने नगरियता पनि कार्यक्रम कतिको प्रभावकारी भयो सेवा कतिको गुणस्तरीय भयो र कतिको संख्यामा सेवा लिन आउनुभयो भनेर बुझ्ने काम गर्ने गरिएको समेत बताउनुभयो ।

 

सामाजिक अभियान्ता विशेषगरी सेवा दिने भन्ने चाहिँ होइन तर जुन उनीहरूले स्वास्थ्य आमा समूहमा गएर कार्यक्रम गर्ने जानकारी दिने गर्नु हुन्छ भने हामीले स्वास्थ्य संस्थामा अनमी र कर्मचारीहरु सेवा दिनका लागि हुनुहुन्छ र तालिम प्राप्त गरेरै काम गर्दै आउनु भएको छ। त्यसका लागिूआईपास नेपाल र पास नेपालको पनि साथ सहयोग त हामीलाई अपरिहार्य छ तर पनि उहाँहरुको समय सकेप्नी गाउँपालिकाको तर्फबाट के गरेर हुन्छ यसलाई निरन्तरता दिनुपर्छ भन्ने मलाई लाग्छ अध्यक्ष थापाले भन्नुभयाे ।

 

 

यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम भएकोले सहकार्य र साझेदारी आवश्यकता छ हामी गाउँपालिकाको तर्फबाट सुरक्षित गर्भपतनका लागि वडा कार्यालयको तर्फबाट पनि केही कार्यक्रम पनि गरिएको अवस्था हो र आईपास नेपाल र पास नेपालको समय अवधि सकिए पनि गाउँपालिकाको तर्फबाट केही न केही अती आवश्यक बजेटको व्यवस्थापन गरेर भएप्नी निरन्तरता दिने देखिन्छ किनकि महिलाको प्रजनन अधिकार सँग जोडिएको बिषय हो, उहाँहरुको प्रजनन अधिकारमा पहुँच पु¥याउनुपर्छ, महिलाको जीवनसँग जोडिएको विषय हो भने उनीहरूको इच्छा, अधिकारमा भरपर्ने हुँदा यसलाई कुनै पनि अवस्थामा कमी आउन दिनु हुँदैन भन्ने कुरा सचेत समेत रहेको बताउनुभयो।

 

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरि धेरै कार्यक्रम गर्नुपर्ने भएकोले अहिलेसम्म तीन वटा स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन भइरहेकोले आगामी दिनमा सात वटै वडाका स्वास्थ्य संस्थामा सेवालाई विस्तार गर्नुपर्ने देखिएको समेत बताउनुभयो।किनभने अहिले सेवा विस्तारमा जोखिम मोलि रहेको र सुन्नमा पनि असुरक्षित सेवा गराइ रहेको भन्ने आएकोले त्यसको लागि बजेटको व्यवस्था गर्ने आवश्यकता भएको र अहिले आईपास नेपाल र पास नेपालको सहयोग भइरहेको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर गुणस्तरीय सेवा प्रदान गर्ने सोच आफूहरूको भएको बताउनुभयो।

जो उनीहरूले सेवा गरिरहनु भएको छ,सेवा प्रभावमा कुनै कमी आउनु हुँदैन र गुणस्तरीयतामा पनि कुनै कमी आउन दिनु हुँदैन यदि कोही कसैसँग गुनासो छ र बुझाइ छ भने गाउँपालिकामा आएर राख्न समेत आग्रह गर्नुभयो।हामीले जसरी तालिममा पठायौं र उहाँहरुले सेवा दिई रहनु भएको छ अहिले पछिल्लो समय कानुन भन्दा बाहिर गएर पनि काम गर्ने गर्ने देखिएको छ । गोप्नीयतालाई ख्याल नगर्ने लिङ्गको आधारमा गर्भपतन गराउने समेत गर्ने गरेको भन्ने पनि छ र अर्को कुरा सम्बन्धि व्यक्तिको इच्छा विपरीत गर्ने गरेको भन्ने कुरा पनि छ त्यसलाई मध्यनजर गरि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्नु भएको आवश्यकता रहेको उनले भने ।

आईपास नेपालको आर्थिक सहयोग तथा पास नेपालको सहजीकरण र गाउँपालिकाहरुको समन्वय र सहकार्यमा सुरक्षित गर्भपतन सेवा रोल्पा जिल्लामा चार गाउँपालिकामा विगत ५ बर्ष देखि सञ्चालन हुँदै आएको बताइएको छ।लुङ्ग्री गाउँपालिकामा यो आर्थिक बर्ष २०७९—०८० मा गर्भपतन सेवा पाएका जम्मा महिला १ सय ३ जना रहेका छन।जसमा बडाचौर स्वास्थ्य चौकीमा ७७ जना छन भने गुम्चाल स्वास्थ्य चौकीमा १८ जना र सिर्प स्वास्थ्य चौकीमा ८ जना रहेका छन ।

बडाचौर स्वास्थ्य चौकीमा २० बर्ष मुनिका ५ जना रहेका छन भने गुम्चाल स्वास्थ्य चौकीमा २ जना र सिर्प स्वास्थ्य चौकीमा २ जना रहेका छ।बडाचौर स्वास्थ्यमा २० बर्ष माथीको सेवा लिनेमा ७२ जना छन भने गुम्चाल स्वास्थ्य चौकीमा १६ जना रहेका छन र सिर्प स्वास्थ्य चौकीमा ६ जना रहेको लुङ्ग्री गाउँपालिकाको स्वास्थ्य शाखाले उल्लेख गरेको छ।त्यस्तै गर्भपतन पश्चात् पनि नियमित साधन अप्नाउने महिलाको संख्या ८१ रहेको छ।

 

जसमा बडाचौर स्वास्थ्य चौकीमा छोटो अवधिको सेवा लिने संख्या ६० रहेको छ भने गुम्चाल स्वास्थ्य चौकीमा १४ जना र सिर्प स्वास्थ्य चौकीमा ४ जना रहेका छन । अर्को लामो अवधिको सेवा लिनेमा बडाचौर स्वास्थ्य चौकीमा ३ जना छन भने गुम्चाल स्वास्थ्य चौकी र सिर्प स्वास्थ्य चौकीमा शून्य रहेको उल्लेख गरिएको छ । रोल्पा जिल्लाका माडी गाउँपालिका, थबाङ गाउँपालिका, रुन्टिगढी गाउँपालिका र लुङ्ग्री गाउँपालिका यो कार्यक्रम सञ्चालन भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array