Ad image

प्रथम पालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगीता होलेरीमा सुरु

मालश्री खबर
मालश्री खबर १३ जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

कमल खड्का
मालश्री खबर जेठ १३ गते, रोल्पा ।

प्रथम रुन्टीगढी गाउँपालिका अन्तर वडा स्तरीय खुल्ला भलिबल प्रतियोगीता शुक्रबारबाट सुरु भएको छ । “स्वाथ्यका लागि खेलकुद, मित्रताको लागि खेलकुद, पहिचानका लागि खेलकुद” भन्ने मुल नाराका साथ रुन्टीगढी गाउँपालिका रोल्पामा पुरुष भलिबल प्रतियोगीताको आयोजना गरिएको हो । रुन्टीगढी गाउँपालिका वडा न. ७ अध्यक्ष तथा गाउँपालिका खेलकुद समितिका अध्यक्ष टेकलाल पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक पुन प्रमुख अतिथ्यतामा भएको हो । बिशिष्ट अतिथिमा रुन्टीगढी गाउँपालिका निर्वतमान अध्यक्ष बालाराम बुढा रहनु भएको थियो ।

 

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी यवंम रुन्टीगढी गाउँपलिका अध्यक्ष पुनले बाटो बनाउनु, भवन बनाउनु विधुत बिस्तार गर्नु, खानेपानी निर्माण गर्ने लगाएत भौतिक निर्माण गर्ने काम मात्र विकास नभएको कुरा उल्लेख गर्दै खेलकुद पनि एउटा विकास विदा भएको कुरा बाताउनु भयो ।

- Advertisement -
Ad image

खेलकुदका माध्यमबाट रुन्टीगढी पहिचान दिनको लागि आयोजना गरिएको उहाले बताउनु भयो । खेलकुद स्वाथ्यको लागि राष्ट्रको लागि नभएर अनुसासनको लागि,आर्थिकको लागि पनि खेलकुद भएको उल्लेख गर्नु भयो । विश्वका बिभिन्न कलबहरु करोडौ डलरमा अनुबन्धन भएको कुरा बताउदै खेल र खेलाडीकै कारणले मनग्य पैुसा आरजन गर्न सकर्ने बिधा पनि खेलकुद भएको बताउनु भयो । उहाले भन्नु भयो खेल आयोजना गदै गर्दा खेरि थुप्रै गर्नु पर्ने जोस र जागर हुदै हुदा पनि केही सिमित स्रोत र साधनका करणले पछि हचकेर कार्यक्रमलाई अघि बधाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अतिथिहरु रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के सी, नेपाली कांग्रेश क्षेत्रीय प्रतिनिधि दिलमन बुढाथोकी, नेकपा माओवादी लुम्बीनी प्रदेश सदश्य गोबिन्द पुन नजर,नेकपा एमाले रुन्टीगढी गाउँपालिका अध्यक्ष अमराज बस्नेत, समाज सेवी देबेन्द्र बोहोरालगाएतको आतिथ्यता रहेको थियो । त्यसै गरि रुनटीगढी गाउँपालिका वडा नं १ का अध्यक्ष थम बहादुर घर्ती ,वडा नं २ का अध्यक्ष भिउलाल पुन, वडा नं ३ का अध्यक्ष गणेश गिरी, वडा न ५ का अध्यक्ष गोबिन्द बहादुर डागी, वडा नं ६ का अध्यक्ष घन बहादुर घर्ती, वडा नं ८ का अध्यक्ष तुलसी पुन र वडा नं ९ का अध्यक्ष चेतलाल खत्री लगाएत रहनु भएको थियो । प्रमुख अतिथीद्वारा रिवन काटेर उद्घाटन गरिएको प्रतियोगीताको उद्घाटन समारोह कार्यक्रमको सहजीकरण बौद्धिक व्यक्तित्व सुबास चन्दले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array