अखिल नेपाल ट्रेड युनियन महासङ्घ रोल्पाको अध्यक्षमा घर्ती मगर

मालश्री खबर
मालश्री खबर १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

खुमबहादुर सुनार
मालश्री खबर जेठ १२ गते, रोल्पा ।
“संसारका मजदुर एक हाँै, अमानविय आउट सोर्सिङ्ग खारेजी, आजको अभियान, पूर्ण सामाजिक सुरक्षा प्रत्याभूतिको लागि, रोल्पा जिल्लाको सम्मेलन पूर्ण सफल पार्ने” मुल नारा लिएर अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रथम रोल्पा जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सम्मेल कार्यक्रम सञ्चालन भएको थियोे ।

 

उक्त सम्मेलनबाट अध्यक्षमा ओलविर घर्ती मगर चयन भएका छन् । सचिवमा सुमा पुन चयन भएका छन् भने उपाध्यक्ष र कोषाध्यक्ष पछि चयन गर्ने निर्णय गरीएको छ । महासंघको सदस्यहरुमा शिखर रोका, बासुदेव सुवेदी, विर वहादुर वि क, सरुण पुन , दुज बहादुर रोका, राम प्रसाद राना, विकास नेपाली, देवेन्द्र रोका, देबराज जि.सी., वीर वहादुर कवर, सफल बुढा र खुम बहादुर सुनार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्