Ad image

जुगारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ८२ जनाले लिए सेवा

मालश्री खबर
मालश्री खबर १२ जेष्ठ २०८०, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १२ गते, रोल्पा ।

रोल्पाको जुगारमा सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा कुल ८ सय ८२ जनाले सेवा लिएका छन् । जसमध्ये महिलाको संख्या ६ सय ४९ रहेको छ भने पुरुषको संख्या २ सय ३३ जना रहेको सत्प्रयास समुह रोल्पका सदस्य कुलबहादुर डाँगीले जानकारी दिनु भएको छ ।


डाँगीका अनुसार हाड जोर्नी तथा नशा रोग सम्बन्धि समस्या भएका ३ सय १० जनाले सेवा लिएका छन् । त्यसैगरी प्रसूति तथा स्त्री रोगसम्बन्धि समस्या भएका १ सय २९ जनाले सेवा लिएका छन् । ७ सय ६३ जनाको प्रेसर जाँचिएकोमा १ सय १७ जनामा उच्च रक्तचापको समस्या देखिएको छ । त्यस्तै १ सय २१ जनाले सर्जरी सेवा लिएका छन् । ल्याब सेवा अन्तरगत सुगर र पिसाब जाँच ४२१ जनाको गरिएको छ । शिविरमा भिडियो एक्सरे सेवा लिनेको संख्या १ सय ६५ रहेको छ भने एक्सरे सेवा लिनेको संख्या २५ जना रहेको छ । सेवा प्रवाह गरीएका मध्ये शिविरमा उपचार हुन नसकेका विरामीहरुको रेफर गरीएको छ ।


त्रिवेणी गाउँपालिका रोल्पा, दीप ज्योती हस्पिटल घोराही दाङ प्रा.लि. र सत्प्रयास समूह रोल्पाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन भएको बताइएको छ । शिविरमा हाड जोर्नी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग, सर्जरी सेवा, एक्सरे तथा भिडियो एक्सरे लगाएत अन्य सेवा प्रदान गरिएको सत्प्रयास समुहले जनाएको छ शिविरमा त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका माडी गाउँपालिका लगाएत अन्य पालिकाहरु बाट चेकजाँच तथा उपचारको लागि गएका थिए ।

- Advertisement -
Ad image

शिविरमा दीप ज्योती हस्पिटल घोराही दाङमा कार्यरत जनरल एण्ड ल्याप्रोष्कोपिक सर्जन डा. सृजन अधिकारी वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अजय रेग्मी, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृताञ्जली घिमिर , मेडिकल अअधिकृत सुप्रिम गौगतम, रोल्पा अस्पताल रेउघाका मेडिकल अधिकृत डाक्टर आधार वली र डाक्टर देवराज गिरी लागाएतको टिमले शिविरमा सेवा प्रदान गरेका थिए । शिविर विहान ९ बजे दखि बेलुकी साढे ५ बजे सम्म सञ्चालन भएको आयोजकले जानकारी दिएको छ ।

    

प्रतिक्रिया दिनुहोस्