Ad image

हाप्किडो संघ रोल्पाका अध्यक्ष बाठा मगर लुम्बिनी प्रदेशको कोषाध्यक्षमा नियुक्त

मालश्री खबर
मालश्री खबर १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

हिमा खड्का
मालश्री खबर जेठ १२ गते, रोल्पा ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको कोषाध्यक्षमा नेपाल मार्सल आर्ट हाप्किडो संघ रोल्पाका अध्यक्ष बिकास बाठा मगर नियुक्त हुनुभएको छ । बुधवार राप्ती गाउँपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले बाठा मगरलाई कोषाध्यक्षमा नियुक्त गरीएको हो । बाठा मगर रोल्पा जिल्ला हाप्किडो संघको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले अध्यन गरेको विद्यालय जन सेवा नमुना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका २ राङ्सी बाट खेल सुरुवात गर्नु भएको थियो ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता र राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशका १२ जिल्लाको प्रतिनिधि, परिवेक्षक र प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array