Ad image

दुई गाउँपालिकाको वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न

मालश्री खबर
मालश्री खबर १० जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर जेठ १० गते, रोल्पा।

 

परिवर्तन गाउँपालिका-२ राङ्सी र माडी गाउँपालिका-३ तालावाङलाई जोड्ने झोलुङ्गे पुल निमार्ण भएको छ । बि-डब्लुई १२-२०२१-००२-सी (B-WE12-2021-002-C) माडी खोला(माडीबाङ्ग) झोलुङ्गे पुल नाम दिइएको छ। कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खाज नेपाल पोखरा(के.ए.ए.ए.बि.जि.एन)द्वारा माडीबाङ्ग र भस्माखोर गाउँ,परिवर्तन गाउँपालिका र माडी गाउँपालिका वडा नम्बर २ र ३ को लागि सहयोग स्वरूप निर्माण गरिदिएको हो।
 
झोलुङ्गे पुल माडीखोलाको समुद्री सतह देखि करिब ५० मिटर उचाई रहेको छ भने १ सय ५ मिटर लम्बाई रहेको छ।झोलुङ्गे पुल निर्माण कार्य सुरु २०७९ माघ २५ गते अर्थात(2023 फेब्रुअरी 08)मा भएको थियो।सम्पन्न २०८० जेठ ०२ गते अर्थात(2023 मे 16)मा भएको हो।योजना सम्पन्न गरी परिवर्तन र माडी गाउँपालिका,वडा नम्बर २ र ३ लाई २०८० जेठ ०७ गते अर्थात(2023 मे 21) मा दुबै उपभोक्ता समितिलाई कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खाज नेपाल पोखराका प्रोजेक्ट म्यानेजर अबोध माँझीले हस्तान्तरण गर्नु भएको हो।योजनाको नियमित मर्मत तथा संभारको जिम्मेवारी उपभोक्ताहरुको हुने समेत बताइएको छ।
साथै प्राकृतिक प्रकोप बाढी,पहिरो,भुकम्प आदिको कारणले गर्दा ठूलो मर्मत गर्नु परेमा(के.ए.ए.ए.बि.जि.एन)ले सहयोग गर्न सक्नेछ।योजनाको कुल लागत ८३ लाख ३८ हजार १ सय ४१ रुपैयाँ १६ पैसा(मुल्य अभिवृद्धि कर सहित रहेको छ।जसमा के.ए.ए.ए.बि.जि.एन को अनुदान(मुल्य अभिवृद्धि कर सहित)८२ लाख ४४ हजार १ सय ४१ रुपैयाँ १६ पैसा रहेको छ भने उपभोक्ताहरुको योगदान १ लाख ३६ हजार रहेको छ।
योजनाबाट २ हजार उपभोक्ताहरु लाभान्वित हुने समेत जनाइएको छ।पुलको पह्ल गर्ने मुख्य व्यक्ति तथा उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर बिकको अध्यक्षतामा भएको हस्तान्तरण तथा कर्मचारीहरुलाई जेठ ७० गते बिदाई समेत गरिएको थियो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता र माडी गाउँपालिका-३ का वडा अध्यक्ष बल बहादुर बुढा मगरको विशिष्ट आतिथ्यमा भएको थियो भने दुबै वडाका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियोे।पुल निर्माण गर्ने कर्मचारीलाई उपभोक्ता समितिले बिदाई समेत गरेका थिए।
झोलुङ्गे पुलको उद्घाटन २०८० मंसिर १९ गते अर्थात(2023 डिसेम्बर 05)का दिन बिहान ८:३० देखि ९:०० को बीचमा ब्रीटिश गोर्खाजका मुख्य व्यक्ति युकेबाट हेलिकप्टर मार्फत आएर गर्ने समेत बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array