Ad image

गंगादेव गाउँपालिका वडा नं. ६ मा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा

मालश्री खबर
मालश्री खबर ९ जेष्ठ २०८०, मंगलवार
3 Min Read
Aa

हिमाली खड्का
मालश्री खबर, जेठ ९ गते रोल्पा ।
गंगादेव गाउँपालिका वडा नं. ६ राँकमा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा गरिएको छ । पुर्ण खोप सुरक्षित भविष्य, पुर्ण खोप पाउनु बालबालिकाको नैशगिंक अधिकार हो भन्ने मुल नाराका साथ कुनै पनी बालबालिका खोप लाउनबाट नछुटुन् भनेर सुरुगरिएको अभियान सफल भएपछि आइतबार गंगादेव गाउँपालिका वडा नं. ६ को आधारभुत स्वास्थ्य केन्द्र र्गेजलेमा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषण गरिएको हो ।

वडा नं. ६ का वडा अध्यक्ष विरबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सकलदेव यादव र वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी रहनु भएको थियो । कार्यक्रको अन्य अतिथिमा वडा नं. ६ का वडा सदस्य कलपना खड्का, गंगादेव गाउँपालिका शिक्षा समन्वय समितिका सदस्य मुन बहादुर खड्का रहनु भएको थियो । कार्यक्रममा वडा का सम्पुर्ण स्वास्थ्य स्वयमसेविका, आमा समुहका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।

वडा सदस्य विमल खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन आधारभुत स्वास्थ्य केन्द्र र्गोजलेका प्रमुख चन्द्र पुनले गर्नुभएको थियो । गंगादेव गाउँपालिकाको ६ नम्वर वडालाई चौँथो वडा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषण गरिएको हो । कार्यक्रममा बोल्दै गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले गंगादेवमा स्वास्थ्य क्षेत्र केहि सुधार भएको बताउनु भयो । साथै जिल्लाको १० वटै स्थानियतहमा स्वास्थ्य क्षेत्रमा गंगादेव पहिलो भएको समेत बताउदै पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा सफल पार्नको लागी आहोरात्र खटिने स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयमसेविका वडा का जनप्रतिनिधि लगाएत सहयोग गर्ने विशेष धन्यावाद समेत दिनुभयो ।

- Advertisement -
Ad image

 

त्यस्तै गंगादेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सकलदेव यादवले नेपाल सरकारले एउटा बच्चाको लागी ३० हजार भन्दा बढि खर्च गर्नेभएको हुदा सरकारले बच्चालाइ सेवासुविधाबाट कहिल्यै पनी वञ्चित नगराउन हजारदिने आमा तथा सम्पुुर्ण अभिभावकलाई अनुरोध समेत गर्नुभयो । त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष विरबहादुर वलीले कार्यक्रमको समापन गर्दै केहि दिन पहिले गंगादेव को वडा नं. ६ मा स्टेचर अभाव, कुर्सीमा गर्भवती बोक्नुपर्ने बाध्यता लगाएत विभिन्न भ्रम फैलाउने शिर्षक बनाइ झुट्टा समाचार सम्पे्रसन गरेकोमा दुःख व्यक्त गर्नुभयो । सासथै यसरी वडाको चरित्र हत्या हुनेगरी र सत्य तथ्य नबुझी विभिन्न खालका भ्रम नफैलाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array