Ad image

माडी गाउँपालिका ४ नम्बर वडा पुर्ण सरसफाइ उन्मुख गाउँ / टोल घोषणा 

मालश्री खबर
मालश्री खबर ८ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ४ साविक तालावाङ गाविस वडा नम्बर ४ रिजावाङलाइ आइतबार(आज) पुर्ण सरसफाइ उन्मुख गाउँ/टोल घोषणा गरिएको छ ।

माडी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रेग बहादुर मल्लको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी २ का वडा अध्यक्ष एवम् गाउँपालिकाको सामाजिक विकास समिति सभापति ललित घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो । माडी गाउँपालिकाले सन २०२८ सम्म पालिकालाइ नै पुर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य लिएको छ । सोहि क्रममा माडी ४ को रिजावाङ टोल विकास संस्था रहेको सविक ४ नम्बर  वडामा पुर्ण सरसफाइका सुचक पुरा गरेकाले औपचारिक कार्यक्रम गरी घोषणा गरिएको हो ।

कार्यक्रममा पुर्ण सरसफाइको कार्यमा सहयोग पुर्‍याउने व्यक्ति तथा समुह र संस्थालाइ सम्मान गरिएको थियो । साथै पुर्ण सरसफाइमा सरकारले लिएको लक्ष्यलाइ सहयोग गरेकोमा टोल बिकास संस्थालाइ सम्मान समेत गरिएको छ । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

माडी ४  रिजावाङमा भएको कार्यक्रममा आमा समुह, स्थानीय झाँकी समुहलगाएतले संस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । माडी ४  का वडा सदस्य वरमाली कुमारी बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव रमेश कुमार वलीले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्