Ad image

बाल विकास आधारभूत विद्यालयको आज देखि नव निर्मित भवनबाट शिक्षण सुरु

मालश्री खबर
मालश्री खबर ८ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

 

 

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर जेठ ८ गते, रोल्पा ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका–२ राङ्सीको भल्टुङमा रहेको श्री बाल विकास आधारभूत विद्यालय आज देखि सोही नजिकै बनेको नव निर्मित भवनमा सरेको छ।पहिले स्थान देखि करिब ३ सय मिटर नजिकै निर्माण भएको पक्की भवनमा सरेको हो।

 

पहिलेको स्थानबाट पढाई सञ्चालन हुँदै आएकोमा आज देखि नयाँ भवनमा पठनपाठन सुरु गर्ने समेत विद्यालयका प्रधानाध्यापक वीर बहादुर केसीले जानकारी दिनु भएको छ।केसीले भने“हामीले कच्ची भवनबाट पठनपाठन गराउदै आएका थियौं अब त्यो समस्या अन्त्य भएको छ र नव निर्मित पक्की भवनबाट पठनपाठन सुरु भएको छ उनले भने।विद्यालय पहिले कच्ची भवन थियो ढुङ्गा,माटो र काठबाट निर्माण भएको थियो भवन पनि जिर्न भइसकेको थियो हामी नजिकै नयाँ भौतिक संरचना पक्की भवन निर्माण गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीको भनाइ रहेको छ।

 

हामीले लामो समय,जनश्रमदान,आर्थिक सहयोग मार्फत यो विद्यालयलाई यहाँ सम्म लिइएका छौँ अभिभावक कर्मलाल खत्रीको भनाइ रहेको छ।विद्यालयको नव निर्मित भवन ८ कोठाको रहेको छ।बाल विकास देखि कक्षा ५ सम्म पढाई हुने विद्यालय प्रशासनले जानकारी दिएको छ।विद्यालयको उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिब ४३ लाख रुपियाँ  र लुम्बिनी प्रदेशकाे ससस्त्र अनुदान गरेर कुल ५३ लाखकाे लगानीमा निर्माण भएको बताइएको छ।

 

पुरानो विद्यालय देखि नयाँ भवनमा सार्नका लागि आमा समूह,बुवा,समूह,विद्यालयका शिक्षक,शिक्षाका,विद्यार्थी,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र अभिभावकहरुले बाँजा गाँजा सहित विद्यालयका भौतिक संरचना नव निर्मित भवनमा लिएका थिए भने पुजा समेत गरेका थिए।विद्यालयमा करिब ८५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएको बताइएको छ।विद्यालय वि.सं.२०४५ सालमा स्थापना भएको थियोे।

प्रतिक्रिया दिनुहोस्