Ad image

नेपाली काङ्ग्रेस रुन्टीगढीको अन्तरक्रियात्मक बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

कमल कड्का
मालश्री खबर जेठ ८ गते, रोल्पा ।

रुन्टीगढी गाउँपालिका नेपाली काङ्ग्रेसको अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । सभापति जनक पुनको सभापतित्वमा बसेको बैठकले विभन्न प्रस्ताब माथि छलफल गर्दै निर्णयहरु पारित गरिएको छ । बैठकमा नेपाली काङग्रेसको नेतृत्वमा रहेको सरकार सञ्चालनको विषयमा छलफल पनि गरिएको थियो । उक्त छलफल बाट नेपाली काङग्रेसको नियमित बैठक प्रत्यक महिनाको ५ गते गरिने भएको छ ।

 

पार्टी सभापति पुनले स्थानीय सरकार सञ्चालनको लागि सहभागी कार्यकर्ताहरुबाट सुभाब पनि समेतनु भएको छ । सहभागी कार्यकर्ताहरुले सरकार संञ्चालनको लागि विभिन्न सुझाबहरु राख्दै स्थानीय सरकार स्थानीय विपन्न जनताको पक्षमा हुन समेत पनु पर्ने मा जोड् दिएका छन । सुझावमा खस्किदै गरेको शिक्षको अवस्थालाई उठाउन र आर्थिक अवस्था कमजोर भई विद्यालय पुग्न नसक्ने विपन्न वालबालिकालाई खाजी निति गर्दै विद्यालयमा पु¥याउने वातावरणको सिर्जना गर्न समेत सुझाव दिएका छन ।

- Advertisement -
Ad image

सहभागीहरुले अति सम्वेदनशिल क्षेत्रलाई प्राथमितामा राखेर विकास गर्न समेत सुझाव दिएका छन । बैठकमा स्थानीय सरकार कार्यकर्ता मुलक नभएर जनता मुलक सरकार हुन समेत प्रतिक्रिया दिएका थिए । त्यसै गरि केन्द्रमा पार्टी जे जस्तो अवस्थामा भए पनि रुन्टीगढीमा जनताको पक्षमा काम गरि उदारहणीय पार्टी बनाउन समेत सुझाब दिएका थिए । बैठक पार्टी कार्यालय होलेरीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array