Ad image

सुरक्षित गर्भपतन सेवा माडी गाउँपालिकामा पनि प्रभावकारी बन्दै

मालश्री खबर
मालश्री खबर ६ जेष्ठ २०८०, शनिबार
12 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/मालश्री खबर जेठ ६ गते, रोल्पा ।

सुरक्षित गर्भपतन सेवा माडी गाउँपालिकामा पनि प्रभावकारी बनेको छ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङ देखि पश्चिम रोल्पामा अवस्थित माडी गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा प्रभावकारी भएको बताइएको छ । आईपास नेपालको आर्थिक सहयोग र पास नेपालको सहजीकरणमा नेपालमा सुरक्षित गर्भपतन शुद्धीकरण परियोजना अन्तर्गत रोल्पा जिल्लामा विगत ५ बर्ष अगाडिबाट सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।

पहिले मलाई सुरक्षित गर्भपतन सेवा भनेको के हो ? थाहा थिएन अहिले म आईपास नेपाल र पास नेपालमा आवद्ध भएपछी त्यो कुरा सिक्नुका साथै पहिले परिचय दिन पनि लजाउने र बोल्न पनि अप्ठ्यारो हुन्थ्यो अहिले सजिलै आफ्नो परिचय र बोल्न सक्ने भएको छु माडी गाउँपालिका–२ कि सामुदायिक अगुवा मनिशा घर्ती मगरको भनाइ छ । उनले “पहिलेको अवस्था के थियो भन्दा यो सुरक्षित गर्भपतन सेवा सम्बन्धि बैठक बसाल्ने क्रममा मलाई नै लाज लागेर आउँथ्यो के भन्ने होला भनेर अहिले सजिलैसँग कार्यक्रम चलाउने “भएको बताइन् ।

- Advertisement -
Ad image

पहिले समाजमा के थियो त भन्दा सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्य चौकीमा नजाने थियो भने गए पनि प्राइभेट मेडिकलमा जाने थियोे तर अहिले गर्भपतन सेवा सम्बन्धि जनचेतना मुलक कार्यक्रम सञ्चालन भएपछी परिवार नियोजनका साधन प्रयोग गर्ने र सेवा लिन नजिकैको स्वास्थ्यमा जाने गरेको समेत बताइन् । उनले अहिले सुरक्षित गर्भपतन सेवा लिनका लागि गोप्नीयता र निःशुल्क भएकोले धेरैको सोचाइमा सेवा लिनुपर्छ भन्ने सोच भएको बताइन् । सेवा लिन ढुक्कसँग नलजाएर सेवा लिने र लिङ्गको आधारमा भेदभाव नगरि सुरक्षित गर्भपतन सेवा लिउँने गरेको बताइन् ।

 

आफूले कार्यक्रम सञ्चालन गर्दा“समाजले लाज पँचेकी महिला,ठूलो मान्छे बनेकी र जान्ने पल्टेकी भन्ने बुझाइ थियो तर अहिले त्यो बुझाइ गलत रहेछ यो सुरक्षित गर्भपतन सेवा महिलाहरुका लागि रहेछ“भन्ने बुझाइ रहेको उनले भनिन्, हामी पनि तालिममा सहभागी भएर सुरक्षित गर्भपतन सेवा सम्बन्धि कुरा सिक्नुका साथै नथाहा भएका किशोर किशोरीहरुलाई यो ठाउँमा जानुपर्छ भन्ने कुरा सिकाउने गरेको माडी गाउँपालिका–२ कि वडा महिला सदस्य धनमाया घर्ती मगरको भनाइ रहेको छ ।

घर्तीमगरले मेडिकलमा जाँदा खर्च हुने र स्वास्थ्य चौकीमा जाँदा कुनै शुल्क पनि नलाग्ने र निःशुल्क सेवा लिन सकिन्ने समेत बताइन्।हामी“आईपास नेपाल र पास नेपालले आयोजना गरेको तालिम लिबाङ्मा सहभागी भइ आइसकेपछि खुल्ला महिला सदस्य र दलित महिला सदस्यको उपस्थितिमा आमा समूह गठन गर्नुपर्ने “भन्ने थियोे त्यो पनि गठन भइसकेको छ र अहिले आमा समूहलाई तालिम तथा अभिमुखिकरण कार्यक्रम पनि दिएका छौँ भने प्रत्येक महिनाको २ गते बैठक समेत बस्दै आएको बताइन् ।

उनीहरूको कार्यको प्रत्यक्ष रूपमा अनुगमन नगरिएता पनि अपत्यक्ष रूपमा गर्ने गरिएको र आगामी दिनमा पनि वडा कार्यालयमा थप छलफल हुने समेत बताइन् । आईपास नेपाल र पास नेपाल नभए पनि आफ्नो वडा कार्यालयले कम मात्रामा बजेटको व्यवस्था गरेर भएपनि अगाडि बढाउने र आर्थिक बर्ष २०८०/०८१ को नीति,कार्यक्रम तथा बजेट विनियोजन गर्दा वडा कार्यालयको तर्फबाट आईपास नेपाल र पास नेपालसँगको सहकार्यका लागि छलफल गरेर थोरै रकमको व्यवस्था गरेर पनि सुरक्षित गर्भपतन सेवाका लागि अगाडि बढ्नुपर्ने बताइन् ।

आगामी दिनमा सामुदायिक अगुवा,आईपास नेपाल र पास नेपाल लगायत वडा कार्यालय समन्वय र सहकार्य हुनेमा आफू विश्वस्त भएको समेत उनले भनिन्, सुरक्षित गर्भपतन सेवा सम्बन्धि जन चेतनामूलक कार्यक्रमहरु यो बर्ष नभएको र गत बर्षमा होर्डिङ बोर्ड सुरक्षित गर्भपतन भनेको के हो, यो सेवा कहाँ पाइन्छ र शुल्क लाग्छ कि लाग्दै भन्ने बारेमा माडी गाउँपालिका भरी तीन ठाउँमा होर्डिङ बोर्ड निर्माण गरेर आम नागरिकहरुलाई सुसूचित गर्ने काम गरिएको जन स्वास्थ्य निरीक्षक माडी गाउँपालिका, स्वास्थ्य शाखाका जय प्रकाश बुढाको भनाइ रहेको छ ।

बुढाले विभिन्न विद्यालयमाहरुमा “विद्यार्थी स्वास्थ्य शिक्षा कार्यक्रम“ अन्तर्गत सुरक्षित गर्भपतन र किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गरेको उहाले बताउनुभयो ।स्वास्थ्य आमा समूहहरुमा महिला सामुदायिक स्वयंसेवीकाहरु, विभिन्न स्वास्थ्यकर्मीहरु र गाउँपालिकाबाट हामी केहि ठाउँहरुमा गएर स्वास्थ्य आमा समूहका सदस्यहरुलाई सुरक्षित गर्भपतन सम्बन्धि जानकारी र सुसूचित गर्ने काम गरिएको समेत बताउनुभयो ।

आईपास नेपाल र पास नेपालको साझेदारीमा सञ्चालन हुँदै“आएको सुरक्षित गर्भपतन सम्बन्धि कार्यक्रममालाई माडी गाउँपालिकाले साथ दिदै आएको छ, उहाँहरुले खटाएका सामाजिक परिचालिका हामी कहाँ ३/४ जना जति हुनुहुन्छ र आमा समूहमा बैठक बसाल्ने,सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण गर्नुको साथै जानकारी गराउने र पैरबी गर्ने काम भएको “समेत बताउनुभयो । अहिले गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा प्रभावकारी भएको बताउँदै भने“अघिल्लो आर्थिक बर्षमा माडी गाउँपालिकामा केही कम भएता पनि २०७८/०७९ मा ३६ जना महिलाले सेवा लिएका थिए भने यो बर्ष २०७९/०८० मा बैशाख सम्म ४७ जनाले सुरक्षित गर्भपतन सेवा लिएको“समेत बताउनुभयो ।

अहिले असुरक्षित गर्भपतन गराउने भन्दा पनि सुरक्षित गर्भपतन गराउन तर्फ ध्यान केन्द्रित भइरहेको समेत बुढाको दाबी रहेको छ । आगामी दिनमा माडी गाउँपालिकामा थप ब्यवस्थित गराउन हामीले दुई तीन ओटा काम गर्नुपर्ने देखिन्छ जसमा आम नागरिकलाई अझ धेरै सुसूचित गर्ने, सुरक्षित गर्भपतन गर्नुपर्छ,निःशुल्क हुन्छ भन्ने धेरैले थाहा नपाउनु भएको पनि हुन सक्नु हुन्छ।त्यसका लागि सम्पूर्ण स्वास्थ्य आमा समूहहरु सबै समाजमा सरोकार राख्नेहरुले समेत“माडीमा पनि यो सेवा निःशुल्क सञ्चालन भइरहेको छ, यो–यो स्वास्थ्य चौकीमा सेवा पाइन्छ र यो पूर्ण रूपमा गोप्नीयताका साथै गरिन्छ भनेर बृहत रूपमा लैजानुपर्नेमा जोड दिनुपर्ने“समेत बताउनुभयो ।

अर्को हामीले सेवा दिनका लागि स्वास्थ्य संस्था थप्ने तयारीमा रहेको बताउँदै भन्नुभयो–अहिले ३ ठाउँबाट सञ्चालन हुँदै आएको सेवा ४/५ गर्दै सबै वडा कार्यालयमा सञ्चालन गर्नुपर्ने समेत बताउनुभयो र आईपासले पनि साथ दिनुपर्नेमा जोड दिनु भएको छ।आफूहरूसँग यो चालु आर्थिक बर्षमा केही बजेट भएकोले सुरक्षित गर्भपतन सम्बन्धि होर्डिङ बोर्ड प्रचार–प्रसारका पम्पेलेट मार्फत माडी बासीहरुलाई सुरक्षित गर्भपतन सम्बन्धि जानकारी गराउने र रेडियो मार्फत जिङ्गल पनि प्रसारण गर्ने समेत बताउनुभयो ।

कार्यक्रमलाई निरन्तरता दिनका विशेष गरी स्थानीय सरकार माडी गाउँपालिकाले अबन्नतो लिनुपर्ने र सुरक्षित गर्भपतन सेवा स्वास्थ्य क्षेत्र भित्रको एउटा वृष्टिकृत सेवा हो स्वास्थ्य सेवा प्रत्येक आम नागरिकको मौलिक हक भएकोले आफैंमा आधारभूत स्वास्थ्य सेवा निर्देशित गरेको हुँदा निःशुल्क र सेवा पाउने समेत बताउनुभयो ।

सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी बनाउन स्थानीय सरकार माडी गाउँपालिका,वडा कार्यालय र स्वास्थ्य संस्थाहरुसँग सहकार्य र समन्वय गर्नका लागि बजेटको व्यवस्था गरेर निरन्तरता दिदै जनचेतनामूलक कार्यक्रम,बैठक र अभिमुखिकरण कार्यक्रम लगायत मार्फत निःशुल्क आधारभूत सेवाको रूपमा लैजान आईपास नेपाल र पास नेपालको महत्त्वपूर्ण भुमिका हुने समेत उनले भने ।

सामुदायिक अगुवाहरुलाई तलब पनि छैन सामान्यतया सामुदायिक अगुवा भन्न बित्तिकै स्वयंसेवीका भएकोले स्वयंसेवक काम गर्दै आएको बताउँदै माडी गाउँपालिका ६ वटा वडाहरु भएकोमा अहिले ५ वटा वडामा सामुदायिक अगुवाहरु भएको र माडी गाउँपालिका–१ वडामा नभएको माडी गाउँपालिकाका उपाध्यक्ष जयपुरी घर्तीमगर जुनमायाको भनाइ रहेको छ।घर्तीमगरले उहाँहरुले विभिन्न आमा समूहहरुको बैठक बसेको बेला छलफल गर्ने र महिला विकास संस्था जस्ता कार्यक्रममा गएर आईपास नेपाल र पास नेपालले गर्दै आएको सुरक्षित गर्भपतन सेवा सम्बन्धि छलफल र बहस गर्दै आएको उनले बताइन् ।

उनीहरूको कामको गाउँपालिका स्तरबाट अनुगमन गर्ने गरिएको बताउँदै भन्नुभयो“हाम्रो सुरक्षित गर्भपतन गराउन ३ ठाउँमा छ, जसमा घर्तीगाउँ, तालाबाङ र भाबाङ रहेको छ भने अहिले घर्तीगाउँ र तालाबाङ्मा सेवा सञ्चालन सँगै भित्रेलेखनका काम पनि भएका छ र सेवा प्रभा पनि भएका छन तर भाबाङ्मा म अनुगमनमा जाँदा भित्रेलेखनको काम भएको रह्नेछ,हामी आईपास नेपालका कर्मचारीसँग गएको थिए र मैले बाँकी कामलाई गर्न लगाएको थिए अहिले त्यो पनि भएको छ र भर्खरै भाबाङबाट पनि सेवा सुरु भएको छ“उनले बताउनुभयो ।

पहिले चरणमा आईपास नेपाल र पास नेपालको आर्थिक सहयोग र माडी गाउँपालिकाको साझेदारीमा काम गर्दा प्रभावकारी भएको र मलाई लाग्छ आईपास नेपाल र पास नेपालले फेरि पनि कार्यक्रम थपेर गाउँपालिकामा सञ्चालन गरेमा असाध्यै राम्रो हुने थियोे अथवा यहाँ उहाँहरुको कार्यक्रम सिढिएमा हाम्रो यो कार्यक्रम ४ वटा पालिकामा मात्र सञ्चालन भएको छ र जिल्लाको १० वटै पालिकामा गर्न गर्दा पनि राम्रो हुन्थ्यो भने माडी गाउँपालिकामा पनि सुरुवाती चरण भएकोले प्रभावकारी ढंगले अगाडि बढेको प्रतिक्रिया दिनु भएको छ ।

उनले सुरक्षित गर्भपतन सम्बन्धि कार्यक्रम गर्नका लागि गाउँपालिका स्तरबाट थप मजबुत बनाउन सामुदायिक अगुवाहरुलाई राखेर थोरै बजेटको व्यवस्थापन गरेर भए पनि“किशोर किशोरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम“लगेर जाने समेत बताइन्।साथै सुरक्षित गर्भपतन सम्बन्धि माडी गाउँपालिका–१ मा नभएकोमा पनि सामुदायिक अगुवा गर्नसक्ने महिललाई लगेर समाजमा जनचेतनामूलक सन्देश दिने गरि माडी गाउँपालिकाको ६ वटै वडामा लगेर जानुपर्ने अहिलेको आवश्यकता रहेकोे औल्याउँनुभयो ।

आगामी दिनमा गाउँपालिकाको तर्फबाट उनीहरू कार्यक्रम गर्न नगए पनी पालिकाले बजेटको व्यवस्थापन गरी यो यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन भन्ने कार्यक्रमलाई सम्बोधन हुने गरेर हाम्रो दिदीबहिनीहरु असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउँदै छन् त्यसलाई न्यूनीकरण गर्न र दिदीबहिनीहरुलाई सुरक्षित गर्भपतन गराउन पालिकाले जोड दिनुपर्छ भने बजेटको समेत व्यवस्था गर्नुपर्ने अहिलेको नितान्त आवश्यकता रहेको समेत जिकिर गर्नु भएको छ ।

गाउँपालिकाले बजेटको व्यवस्थापन गरि सकेपछि सामुदायिक अगुवा गर्ने महिलाहरुलाई थोरै भए पनि यातायात खर्च र खाजा खर्च कसरी हुन्छ,महिनाको हिसाबले,महिनामा बैठक बसाल्न जानु हुन्छ,मासिक रूपमा उपस्थिति फाइल,रेकर्ट बुझाए बार्फतको त्यो तयारीमा आफूहरू भएको समेत बताइन् । उनले भने“बजेट बनाउने समय पनि आएको हुनाले यो बेला हामीले ६ वटा सामुदायिक अगुवा राखी सकेपछि हामीले कति बजेट व्यवस्थापन गरेपछि पुग्छ भन्ने कुरालाई मापन गरेर कुनै समूहमा गाडी चढेर जानुपर्ने रहेको छ भने कुनै समूह नजिकै हुनुहुन्छ र कोही समूहमा बिहान गएको साँझ मात्र फर्कनुपर्ने समस्या भएकाले भौगोलिक हिसाबले माप्न गरेर बजेटको व्यवस्थापन गर्नेर गाउँपालिकाले अगाडि बढाउनुपर्ने“ कुरामा जोड दिनु भएको उनले भने ।

माडी गाउँपालिकामा चालु आर्थिक बर्ष २०७९/०८० मा सुरक्षित गर्भपतन सेवा लिनेमा २० बर्ष मुनिका २ जना र २० बर्ष माथिका ४५ जना गरी ४७ जनाले सुरक्षित गर्भपतन सेवा लिएको माडी गाउँपालिका स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख गरिएको छ।जसमा घर्तीगाउँ स्वास्थ्य चौकीमा ३५ जना र तालाबाङ स्वास्थ्य चौकीमा १२ जना रहेका छन।त्यस्तै गर्भपतन पश्चात् परिवार नियोजनका साधन अप्नाउने अन्तर्गत छोटो अबधिमा ३८ जना रहेको तथ्यांकमा उल्लेख छ।घर्तीगाउँ स्वास्थ्य चौकीमा ३० जना र तालाबाङ स्वास्थ्य चौकीमा ८ जना रहेको छ ।

 

अर्को लामो अबधिमा ४ जना रहेको छ घर्तीगाउँ स्वास्थ्य चौकीमा २ जना र तालाबाङ स्वास्थ्य चौकीमा २ जना रहेका छन।भाबाङको भर्खरै सुरु भएको हुनाले कुनै तथ्यांक उपलब्ध नगराईएको माडी गाउँपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ।आईपास नेपालको आर्थिक सहयोग तथा पास नेपालको सहजीकरण र गाउँपालिकाहरुको समन्वय र सहकार्यमा सुरक्षित गर्भपतन सेवा रोल्पा जिल्लामा चार गाउँपालिकामा विगत ५ बर्ष देखि सञ्चालन हुँदै आएको बताइएको छ । रोल्पा जिल्लाका माडी गाउँपालिका,थबाङ गाउँपालिका,रुन्टिगढी गाउँपालिका र लुङ्ग्री गाउँपालिका रहेका छन ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array