Ad image

सरस्वती मा.वि.मालेखोलाले नयाँ विद्यार्थीलाई स्वागत गर्यो

मालश्री खबर
मालश्री खबर ५ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, जेठ ५ गते, रोल्पा ।

गंगादेवमा रहेको सरस्वती माध्यामिक विद्यालय मालेखोलाले विद्यालयमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

गंगादेव गाउँपालिका वडा ४ रोल्पामा रहेको सरस्वती माध्यामिक विद्यालय मालेखोलाले विद्यालयको शुक्रबारे कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । विद्यार्थीहरु सल्यानका बिभिन्न विद्यालय, बालबोध आधारभुत विद्यालय झाक्रिसल्लाबाट अध्ययन गर्न आएका छन । ६, ७, ८, ९, १० कक्षामा ३५ जना विद्यार्थी अध्ययन गर्न आएका छन ।

- Advertisement -
Ad image

उक्त कार्यक्रममा विद्यालय व्यबस्थपन समितिका अध्यक्ष राजेन्द्र प्रकाश वलीको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिमा विद्यालयका प्रधानाअध्यापक देबसिङ वली रहनु भएको त्यहाबाट मोहन वलीले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array