Ad image

रोल्पाका मोहन केसी भारतको उत्तरा खण्ड डेरादुन बाट बेपत्ता

मालश्री खबर
मालश्री खबर ५ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

 

मालश्री खबर जेठ ५ गते, रोल्पा ।

रोल्पाका मोहन केसी भारतको उत्तरा खण्ड डेरादुन बाट बेपत्ता भएका छन् । गङगादेव गाउँपालिका वडा न. ५ रोल्पाका खर्कबहादुर खत्री र विर्मा खत्रीका छोरा २३ बर्षिय मोहन केसी हिजो (बिहिवार) बेलुकी ५ बजे देखी बेपत्ता भएको झुपलाल वलीले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

रोजगारीका लागि वैशाख महिनामा भारतको यामुर्ति भन्ने ठाउमा गएको उनी घर फ्रकिने क्रममा डेरादुनबाट बेपत्ता भएका हुन । हिजो बेलुकी ५ बजेसम्म आफन्तको सम्पर्कमा आएको तर एक्कासी सम्पर्क बिहिन भएको मोहनका भाई झुपलाल ओलीले जानकारी दिनुभएको छ ।
बेपत्ता मोहन केसी ६ फिट अग्लो, गोरो बर्णका छन् ।

 

केसीलाई देख्ने भेट्नेले ९८४५८४८८२० मा, रेडियो मालश्रीको कार्यलयमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गर्न झुपलाल वलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array