Ad image

सुरक्षित गर्भपतन सेवा थबाङका दुर्गम बस्तीहरुमा पनि प्रभावकारी बन्दै

मालश्री खबर
मालश्री खबर ४ जेष्ठ २०८०, बिहीबार
10 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/ मालश्री खबर जेठ ४ गते, रोल्पा ।
सुरक्षित गर्भपतन सेवा दुर्गमका बस्तीहरुमा पनि प्रभावकारी बनेको छ । रोल्पाको थबाङ गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको दाबी गरिएको छ । आईपास नेपालको आर्थिक सहयोग र पास नेपालको सहजीकरणमा नेपालमा सुरक्षित गर्भपतन शुद्धीकरण परियोजना अन्तर्गत रोल्पा जिल्लामा विगत ५ बर्ष अगाडिबाट सुरुभएको हो । पहिले सुरक्षित गर्भपतन थाहा थिएन अहिले धेरै सोचाइमा परिवर्तन आएको बताइएको छ ।

पहिले खुलेर बोल्न पनि नसक्ने र आफ्नो परिचय दिन पनि नसकिने थिए।आईपास नेपालमा जोडिएपछी बोल्न सक्ने,आफ्नो परिचय दिन सक्ने, क्षमता वृद्धि पनि भएको छ भने आमा समूहमा पनि बोल्ने भएको छु सामुदायिक अगुवा थबाङ गाउँपालिका वडा न. १ का दिलशान्ती बिकको भनाइ रहेको छ । उनले पहिले सुरक्षित गर्भपतन भनेको के हो?भनेर नबुझेको र अहिले आईपास नेपाल र पास नेपालमा जोडिएपछि यो रहेछ भनेर बुझेको बताउनुभयो।पहिले समाजमा गर्भपतन भनेको पाप भएको बुझ्ने गरियता पनि अहिले त्यो बुझाईबाट माथी उठेको समेत बताउनुभयो।बिकले अहिले आमा समूहहरुमा गर्भपतन पाप होइन भन्ने बुझाई भएको बताउँदै, पहिले समाजले गर्भपतनका लागि सुईहरु पनि लगाउनु हुदैन भन्ने थियोे तर अहिले त्यो बुझाईबाट समाज माथि उठेको र गर्भपतन गराउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको उनले भने।“पहिलेका बुढापाखामा के थियोे भन्दा गर्भपतन गराउनु हुँदैन र त्यो राम्रो होइन भन्ने सोचाइ र बुझाई थियोे तर अहिले त्यस्तो छैन मैले आफूले तालिममा सिकेका कुराहरू सिकाउँछु र उहाँहरुले पनि सिक्नु हुन्छ”। अहिले सोचाईमा परिवर्तन आएकोले महिना–महिनामा बैठक बसाल्दै आएको र सुरक्षित गर्भपतनका लागि आमा समूहले पनि के–के गर्नुपर्छ भनेर बुझेको प्रतिक्रिया समेत उहाँले दिनु भएको छ।पहिले समाजले हेर्ने दृष्टिकोणमा सुरक्षित गर्भपतन भनेको पाँप हो,पाँप गर्नु हुँदैन?भन्ने गर्दथ्ये र सुरक्षित गर्भपतन गरायो भने कुन जन्मको पाँप भोग छ भन्ने खालको बुझाई थियो तर अहिले त्यो गलत रहेछ है भन्ने पास नेपाल र आईपास नेपाल आएपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको बताउनुभयो।अहिले वडा कार्यालय र गाउँपालिकाले पनि आफूहरूलाई सहयोग गरेको बताउदै आगामी दिनमा पनि तालिम,अभिमुखिकरण कार्यक्रम गरेर थप प्रभावकारी बनाउन समेत बिकले आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

गर्भपतन सेवा सम्बन्धि जनचेतना मुलक कार्यक्रम वडाहरु मार्फत भइरहेको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनको भनाइ रहेको छ । पुनले गत आर्थिक बर्षमा थबाङ गाउँपालिका वडा न. १ बाट सञ्चालन भएको थियो भने यो आर्थिक बर्षमा थबाङ गाउँपालिका वडा न. ४ बाट सम्पन्न भएको समेत बताउनुभयो।जनचेतना मुलक कार्यक्रम मध्ये यो सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण तथा बालबिवाह न्यूनीकरण सम्बन्धि कार्यक्रम भएको र यो आर्थिक बर्षमा सबै सरोकारवाला व्यक्तिहरुलाई राखेर कार्यक्रम गरिएको समेत बताउनुभयो।साथै यसको प्रभावकारीता यो जनचेतना मूलक कार्यक्रम पालिकाले विगतको दिनमा गर्दै आइरहेको छ तर विशेषगरी गत बर्ष र यसै बर्षदेखि सुरु भएको प्रतिक्रिया दिनुभयो । यहाँ थबाङ गाउँपालिकामा बालबिवाह अत्याधिक मात्र देखिएको छ तसर्थ यो कार्यक्रमले प्रभावकारीता कस्तो पा¥यो भन्नका लागि आगामी दिनमा देखिनेछ । जुन घटना क्रम हामीले तुलना गर्छौं भन्दा यो पंञ्जिकरण शाखाको तथ्यांकलाई अध्ययन गरेर वा हाम्रै पनि तथ्यांकलाई अध्ययन गर्ने हो भने पनि गर्भवती हुनेको संख्या र सुत्केरी हुने संख्या कति बर्ष मुनीको आयो वा आएन भन्ने कुरा र अर्को कुरा यो कार्यक्रम पश्चात् सेवा लिने संख्या बढ्नुको साथै आगामी दिनमा घट्दै जाने र आकस्मिक उसलाई परेको अप्ठ्यारो परिस्थितिमा मात्र उसले सेवा लिएको तथ्यांकलाई अध्ययन गर्दा मात्र थाहा हुन्छ उनले भने।आगामी दिनमा यो कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि थबाङ गाउँपालिका भित्रका ५ वटै वडा कार्यालयले धेरै ठूला बजेट विनियोजन नगरे पनि सानोतिनो बजेट विनियोजन गरेर सञ्चालन गर्नुपर्छ र अहिले यो हाम्रो अभिमुखिकरणका लागि पालिकाले आफ्नो तर्फबाट गरिरहेको जुन पास नेपालले राखेको दुईजना सामाजिक परिचालिका हुनुहुन्छ।त्यस्तै थबाङ गाउँपालिकाको ५ वटै वडामा सामाजिक अगुवा हुनुहुन्छ।उहाँहरुले हाम्रो थबाङ गाउँपालिका भित्रका ५ वटै वडाका आमा समूहहरुलाई सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण गर्ने र त्यहाँ भएका किशोर किशोरीहरुलाई बहस छलफल गराउँदै आउनु भएको छ यसले आगामी दिनमा राम्रो भुमिका खेल्ने समेत बताउनुभयो।साथै उहाँहरुले के गरी रहनु भएको छ भन्दा वडाका जनप्रतिनिधि अथवा समिति र स्वास्थ्य संस्थासँग आगामी दिनमा सुरक्षित गर्भपतन सम्बन्धि जनचेतना मूलक कार्यक्रम गर्नुपर्छ साथसाथै बालबिवाह न्यूनीकरण गर्नुपर्छ र बजेट विनियोजन गर्नुपर्छ लगायत अवनिएस कार्यक्रममा लागेकोले ढिलै भएपनि सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त भएको बताउनुभयो।अबको दिनमा यो कार्यक्रम सधैंको दिनमा झैँ अहिले आईपास नेपालको आर्थिक सहयोग तथा पास नेपालको सहजीकरणमा र गाउँपालिकाको त्रिपक्षीय समन्वय भइ अगाडि बढिरहेको बताउदै आगामी दिनमा आईपास नेपाल र पास नेपालले सहयोग नगरे पनि नेपाल सरकार र स्थानीय तहले निरन्तरता र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो।अबका दिनमा ५ वटै वडामा सुरक्षित गर्भपतन सेवालाई थप विस्तार गर्ने तयारीमा छौँ जसमा ३ वटा वडामा सेवा विस्तार भइसकेको छ भने ४ वडामा पनि यसै बर्षबाट सुरु हुने समेत बताउनुभयो।अब ५ वडा सञ्चालन हुन बाँकी रहेकोले पालिकाले त्यति धेरै बजेटको व्यवस्था नगरे पनि थोरै बजेट विनियोजन गरेर पनि सुरक्षित गर्भपतन सेवा विस्तार गर्न सकिन्छ र सधैं सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग नगर्न सक्ने समेत पुनले बताउनु भयो ।

 

अहिलेसम्म सामुदायिक अगुवाहरुले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै आएको थबाङ गाउँपालिका वडा न. २ का वडा अध्यक्ष अभिलाषा रोका मगरको भनाइ रहेको छ । रोकाले आमा समूहहरु गठन गर्ने,आमा समूहहरुलाई बैठक बसाल्ने र सुरक्षित गर्भपतन सम्बन्धि कुराहरू अन्य बालविवाह सम्बन्धि,बहुविवाह सम्बन्धि र महिला हिंसा सम्बन्धि लगायतमा काम गर्दै आएको समेत बताउनुभयो । औपचारिक रूपमा उहाँहरुको काम अनुगमन नगरिए पनि अनौपचारिक रूपमा के कस्ता कामहरु र कार्यक्रम गर्दै आइराख्नु भएको छ भनेर हेरफेर गर्ने गरेको समेत बताउनुभयो।यो अहिलेसम्म पनि सामुदायिक अगुवाहरु चाहिँ हाप भोलन्टिएर जस्तै काम गरिरहेको हुँदा र काम गरेपछि मात्र पारिश्रमिक पाउने गरेकोले अब आईपास नेपाल र पास नेपालले काम छोडेको अवस्थामा पनि उहाँहरुलाई पारिश्रमिक दिने हिसाबले काम गराउन सकिन्छ वडा अध्यक्ष रोका।अबको आगामी दिनमा वडा कार्यालयसँगको सहकार्य हामीले के सोचेको छौँ भन्दा स्वास्थ्य आमा समूह अथवा बालबालिकाहरुलाई बालविवाह सम्बन्धि र सुरक्षित गर्भपतन सम्बन्धि एक प्रकारको कार्यक्रम तय गरिदिने र बजेटको विनियोजन गरेर आफूहरू अगाडि बढ्ने सोचमा रहेको समेत बताउनुभयो।अहिले उहाँहरुको काम हेर्दा आगामी दिनमा पकै पनि हाम्रो वडामा यो यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कामहरु सायदै निर्मूल हुने होला र प्रजनन् स्वास्थ्य सम्बन्धि अगेनता हट्छन होला भन्ने हामी विश्वस्त छौँ उनले भने ।

हाम्रो सामुदायिक अगुवाहरुले सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको थबाङ गाउँपालिकाका अध्यक्ष ऋृषिकेशव बुढामगरको भनाइ रहेको छ । अध्यक्ष बुढामगरले विशेष गरेर यहाँका किशोर किशोरीहरु, आमा समूहहरु र जनप्रतिनिधिहरु त्यस्तै सम्बन्धि संघसंस्थाहरुसँग सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो।अनुगमनको हिसाबले पत्येक्ष रूपमा पालिकाबाट नभएको बताउँदै सामान्य छलफल गर्ने,कार्यक्रममा सहभागी हुने,सल्लाह सुझाव दिने र कार्यक्रम गर्न सहयोग गर्ने काम समेत बताउनुभयो । सम्बन्धि संस्था आईपास नेपाल र पास नेपालबाट अनुगमन भइरहेको छ “हाम्रो तर्फबाट औपचारिक रूपमा अनुगमन भएको छैन तर कार्यक्रमहरुमा भने संलग्नता हुँदै आएको बताउनुभयो । अहिले अभिमुखिकरण कार्यक्रम गर्दै आएको बताउँदै हामीले वडा कार्यालय गाउँपालिकामा सामान्य बजेटको व्यवस्था गरेर पनि अभिमुखिकरण कार्यक्रम गर्न सकिन्छ । यो भन्दा पहिले गत आर्थिक बर्षमा दुईवटा वडा कार्यालयले बजेटको व्यवस्था गरी सञ्चालन गरेको समेत बताउनुभयो।त्यस्तै आईपास नेपाल र पास नेपालले आगामी दिनमा सञ्चालन गरेन भने सम्बन्धि शाखा,वडा कार्यालय र गाउँपालिका सल्लाह गरेर अगाडि बढाउने समेत बताउनुभयो।पहिले सुरक्षित गर्भपतन भनेको पाँप हो भन्ने बुझाई भएको र अहिले त्यो गलत रहेछ भन्ने बुझाइ केहीले बुझे पनि समाजमा सोचेको जस्तो परिवर्तन नभएकोले त्यसका लागि अझै एक÷दुई बर्ष अहिले काम गरिरहेका आईपास नेपाल र पास नेपालले काम गर्नुपर्ने उनले भने । थबाङ गाउँपालिकामा यो आर्थिक बर्ष २०७९÷०८० मा सेवा लिनेमा २० बर्ष मुनिका २० जना र २० बर्ष माथिका २६ जना गरी ४६ जनाले सुरक्षित गर्भपतन सेवा लिएको थबाङ गाउँपालिका स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख गरिएको छ।जसमा जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा ३२ जना,उवा स्वास्थ्य चौकीमा ११ जना र मिरुल स्वास्थ्य चौकीमा ३ जना रहेका छन।त्यस्तै गर्भपतन पश्चात् परिवार नियोजनका साधन अप्नाउने अन्तर्गत छोटो अबधिमा ३१ जना रहेको तथ्यांकमा बताइएको छ । जसमा जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा २२ जना,उवा स्वास्थ्य चौकीमा ८ जना र मिरुल स्वास्थ्य चौकीमा १ जना रहेको छ । अर्को लामो अबधिमा १२ जना रहेका छन जसमा जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा ७ जना,उवा स्वास्थ्य चौकीमा २ जना र मिरुल स्वास्थ्य चौकीमा ३ जना रहेका छन।गर्भपतनका कारण भएको जटिलता जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा १ रहेको छ भने उवा स्वास्थ्य चौकी र मिरुल स्वास्थ्य चौकीमा शून्य रहेको छ।आईपास नेपालको आर्थिक सहयोग तथा पास नेपालको सहजीकरण र गाउँपालिकाहरुको समन्वय र सहकार्यमा सुरक्षित गर्भपतन सेवा रोल्पा जिल्लामा चार गाउँपालिकामा विगत ५ बर्ष देखि सञ्चालन हुँदै आएको छ जसमा लुङ्ग्रीगाउँपालिका, रुन्टिगढी गाउँपालिका, माडी गाउँपालिका र थबाङ गाउँपालिका रहेका छन ।

     

प्रतिक्रिया दिनुहोस्