Ad image

होलीभिजन आवासिय मा.वीको शिक्षक, अभिभावक अभिमुखिकरण तथा विद्यार्थी हस्तलेखन तलिमको उद्धघाटन

मालश्री खबर
मालश्री खबर ४ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

मालश्री खबर जेठ ४ गते, रोल्पा ।

होलीभिजन आवासिय माध्यामिक विद्यालयको शिक्षक अभिभावक अभिमुखिकरण तथा ७ दिने विद्यार्थी हस्तलेखन तलिमको आज उद्धघाटन गरिएको छ ।

  
होलीभिजन आवासिय माध्यामिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दामोदर शुबेदीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आथित्यता रहेको थियो । अतिथीहरु रोल्पा नगरपालिका वडा न. ४ का अध्यक्ष मित्रलाल गुरुङ, सन्दिप थापा, झक्कु प्रसाद नेउपाने प्रशिक्षक डि. आर दाहाल लगायत अभिभावकहरुको उपस्थित रहेकोे होलिभिजन आवासिया माध्यामिक विद्यालयका शिक्षका दिपक बावु पुनले जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र थापा घर्तिले सन्तान असल र सफल हुनको लागी अभिभावकको महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ । सन्तानलाई असल, ज्ञानी, मेहनती र अध्ययनशिल बनाउनको लागी आफु पनी असल ज्ञानी हुनु पर्ने कुरा राख्नु भएको थियो । सन्तान सुधार्न चाहाने तर आफु सुध्रन नचाहाने हो भने त्यो सम्भब नहुने बताउनु भयो । अहिलेको समयमा बच्चालाई बिगार्न धेरै चिज आईसकेका छन । प्रबिधिको नाममा धेरै चिज बच्चाको हात हातमा छन । आजको यो प्रबिधिको उपजलाई कसरी सही सदुपयोग गरी आफ्नो सन्तानलाई राम्रो बनाउन सकिन्छ भन्ने पहिलो कर्तव्य अभिभावकाको रहेकाले अभिभावक निकै जिम्मेवार हुन अभिभावकहरुलाई आग्रह गर्नु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको अध्यक्ष तथा होलिभिजन आवासिय माध्यामिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दामोदर शुबेदीले भन्नुभयो “मान्छे सजिलै हार्न र हार स्वीकार्न सक्दैन । हरेक क्षण जित आफ्नै पोल्टामा पार्न चाहान्छ तर आफ्नो सन्तानकालागि सहजै हार्न सक्छ । आफ्ना इच्क्षा चाहाना दबाएर सन्तानलाई पढाउनु हुन्छ तर स्कुल पठाएर मात्र आफ्नो जिम्मेवारी पुरा हुदैन । शिक्षकले कास्तो पढाईरहेका छन । मेरो बच्चा कस्तो बढिरहेको छ भन्ने खोजिनिती गर्नु र घरमा राम्रो सस्कार दिनु पनी कर्तव्य हो । शिक्षामा शिक्षक विद्यार्थी अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुन जरुरी हुन्छ । विद्याथीलाई हस्तलेखन तालिमले सहयोग पुग्नेछ । जानेका कुराहरु अक्षरमा उतार्दा राम्रो सफा अक्षर हुनु आवश्यक हुन्छ । ७ दिने हस्त लेखन तालिमले विद्यार्थीलाई सहयोग पुग्नेछ” ।

आजको अभिभाबक अभिमुखिकरण तलिमाको प्रशिक्षणको रुपमा डि आर दाहाल रहनु भएको थियो । विद्यार्थीहरुको लागि हस्तलेखन तालिम ७ दिन सम्म सञ्चान हुने छ । विद्यालयका शिक्षक दिपक बावु पुनको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाअध्यापक ओम केसीले गर्नु भएको विद्यालयले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array