Ad image

सरीकोट पोलिटेक्निकलद्धारा एस.ई.ई दिएका विद्यार्थीका लागि मोटिभेस्नल कलास सञ्चालन

मालश्री खबर
मालश्री खबर १ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर जेठ १ गते, रोल्पा ।

सरीकोट पोलिटेक्निकल इनिस्टिच्युटले एस.ई.ई दिएर बसेका विद्यार्थीहरुको लागि मोटिभेस्नल कलास सञ्चालन गरेको छ । आईतबार रोल्पा नगरपालिका वडा नम्बर २ पिपल चौतरामा रहेको आफ्नै इनिस्टिच्युटको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

 

सिटिईभिटी र एनइबि अन्तर्गत मोटिभेस्नल क्लास सञ्चालन गरीएको सरीकोट पोलिटेक्निकल इनिस्टिच्युटका सहायक निर्देशक गणेश खडले जानकारी दिनुभएको छ । एस.ई.ई दिईसकेपछि अन्यौलमा परेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै कार्यक्रम गरीएको बताईएको छ ।

मोटिभेस्नल कलासमा विभिन्न विषयका क्षेत्रहरुको बारेमा र कुन विषय वा क्षेत्रर्फ जाने, कुन क्षेत्रमा के के फाईदा हुन्छु, आफुले कुन विषयमा अध्ययन गर्न सक्छु, आफुले पढ्ने विषयमा लाग्ने लागत, समय र त्यसबाट प्राप्त प्रतिफल के के हून्छन् भन्ने बारेमा भानुभक्त शन्यासी, योगेन्द्र अनुपम जिसी, पुर्णबहादुर विष्ट र गणेश खड्काले जानकारी दिनुभएको थियो ।

विद्यार्थीहरुलाई उक्त कुराहरु अडियो, भिडियोको माध्यमबाट देखाईएको थियो । विद्यार्थीहरुलाई राम्रो कलेजका साथसाथै सिकाईने वातवरण राम्रो बनाई विद्यार्थीको चौतर्फी विकासको लागि विभिन्न कृयाकलाप गर्ने र विद्यार्थीहरुले पनि सोही अनुरुप कार्य गरेमा जिवनको जस्तोसुकै परिस्थितिमा पनि आफुलाई सक्षम बनाउन सक्ने कुरा बताएका थिए ।

सरीकोट पोलिटेक्निकल इनिस्टिच्युटका सहायक निर्देशक गणेश खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रको सञ्चालन मञ्जु बुढामगरले गर्नु भएको थियो । कार्यक्रममा सरीकोट पोलिटेक्निकल इनिस्टिच्युटका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array