Ad image

विकासको काममा तीनै तहको सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने प्रदेश सभा सदस्य पुनको भनाइ

मालश्री खबर
मालश्री खबर ३१ बैशाख २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर वैशाख ३१ गते, रोल्पा ।

लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनले भौगोलिक विकटताका पनि उल्लेखिय प्रगति गर्न नसकेको प्रतिक्रिया दिएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा भएको लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै पुनले विकासको काममा तीनै तहको सरकार समन्वय गर्नु आवश्यक रहको औल्याए ।

   

उनले जिल्लाको समग्र विकासमा समन्वयकारी भूमिका निभाउनुपर्ने बताए । पुनले अनियमिता गरे जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले कर्मचारी अभाव र स्रोत साधनका बावजुद आफुहरुलाई काम गर्न समस्या भएको बताए । उनले जनतामा शिक्षाको पहुँज नपुग्दा संघीयताले सोचे जस्तो परिमाण दिन नसकेको जिकिर गरे ।

- Advertisement -
Ad image

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले सेवाग्राहीलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न सेवामुखी कार्यालयहरुलाई आग्रह गरे । उनले समग्र जिल्लामा सुशासन कायम राख्न सबै निकायहरुलाई सहज र सचेत भई अगाडि बढ्न निर्देशन दिए । त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराम घर्ती मगरले पालिकाका वडामा कुनै सचिव नहुदाँ सेवा प्रवाहमा समस्या आएको बताए । उनले तीनै तहको सरकारका बीच तालमेल नहुदाँ विकास निर्माणमा काममा ढिलासुस्ती भएको प्रतिक्रिया दिए । अध्यक्ष मगरले आफुहरु जनतासगैँ रहेर काम गरेको बताउदै काम गर्ने क्रममा पारदर्शितामा ध्यान दिएको बताए ।

सिस्ने गाउँपालिकाका पूर्व अध्यक्ष कुमारी बरालले कर्मचारीहरु व्यवस्थापनमा पालिका अध्यक्ष नै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले कर्मचारी अभाव हुनु भौगोलिक विकटता र अर्को तिर सरकारले कडाईका साथ तोकिएको ठाउँमा जान बाध्य गराउनु नसक्नु भएको जिकिर गरे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वीका प्रमुख अन्जना श्रेष्ठले अपराधका घटनाहरु न्यूनिकरणका लागी ४०० भन्दा बढी सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका बताए । उनले चेकजाँचका क्रममा १०२ वटा भन्दा अवैध हातहतियारहरु बरामद गर्नुका साथै अफिम खेती नष्ट गरिएको जानकारी दिए ।

कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले,भुमे गाउँपालिका उपाध्यक्ष सविना बुढा मगर, कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख नरेन्द्र बुढा मगर,राष्टिय अनुसन्धानका प्रमुख चिरञ्जीवी बुढा मगर,सशस्त्र प्रहरी बल कार्यालयका निमित्त शक्ति कुमार बुढाथोकी, प्रमुख पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष सर्जना कार्की,नेपाल टेलिकम प्रमुख रुकुमका प्रमुख झुपलाल ओली लगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी,गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि,क्रियाशिल पत्रकार,सुरक्षाकर्मीले भनाई राखेका थिए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array