Ad image

चौथौ रोल्पा सिर्जना महोत्सव जेठ ५ र ६ गते लिबाङमा हुँदै

मालश्री खबर
मालश्री खबर ३१ बैशाख २०८०, आईतवार
4 Min Read
Aa

मालश्री खबर वैशाख ३१ गते, रोल्पा ।
रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाले चौथौ रोल्पा सिर्जना महोत्सव हुने भएको छ । महोत्सव रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाको आयोजनामा यहि जेठ ५ र ६ गते रोल्पा सदरमुकाम लिबाङमा गर्न लागेको आयोजकले जानकारी दिएको छ । रोल्पा जिल्लाको कला,साहित्य, सस्कार, सस्कृती, रितिरिवाज आदिको विकासमा तेवा पु¥याउने उदेश्यले सिर्जना महोत्सव गर्न लागेको रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष नबिनलोचन मगरले जानकारी दिनु भएको छ । कार्यक्रममा देशभरमा अग्रज साहित्यकार र जिल्ला स्थित सम्पुर्ण साहित्यकारहरुले महोत्सवमा भाग लिने बताइएको छ ।

शनिबार यहि जेठ ५ र ६ गते रोल्पा सदरमुकाम लिबाङमा गर्न लागेको सिर्जना महोत्सवलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ भनेर जिल्ला स्थित बिभिन्न सरोकारवाला पक्ष सँग छलफल समेत गरेको बताइएको छ । छलफल कार्यक्रममा आफ्नो भनाई राख्ने अधिकांस व्यतिहरुले यो कार्यक्रम रोल्पा नगरपालिका र रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको मात्र नभएको हुनाले सफल बनाउनको लागी सबै लाग्नु पर्ने समेत बताएको थिए । कार्यक्रम हुने दिन नजिक आएको हुनाले अब आयोजक अलि बढि खटेर कामगर्नु पर्ने सुझाब दिएका थिए ।


कार्यक्रमलाई भव्य बनाउन नसकेमा रोल्पा जिल्लाकै इजेत जाने भएको हुनाले आयोजकलाई सबैले उत्तिकै सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने सुझाब दिएका थिए । कार्यक्रमको हाल सम्मको तयारिको बारमा जानकारी गराउदै रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका सल्लाहकार डीबी घर्तिमगरले गतमा रोल्पा जिल्ला भएका साहित्यक कार्यक्रमहरु जसरि भब्य रुपमा सम्पन्न भएका थिए त्यसरिनै यो कार्यक्रमलाई पनि भव्य बनाउनको लागी सबैले आफ्नो क्षेत्र बाट दरो रुपमा लागेर सहयोग गर्नु पर्ने बताउनु भएको छ । यो कार्यक्रम सफल बनाउन सकेमा रोल्पाको पहिचान देश भर रहने र रोल्पाको साहित्य, कला तथा सङ्गीतको मात्र नभई यँहाको हरेक राम्रो नराम्रो कुराको देश भर प्रचार प्रसार हुने भएको हुनाले पनि कार्यक्रम सफल बनान उत्तिकै जिम्मेवार भएर लाग्न जरुरी भएको बताउनु भएको छ । बिगमा पनि रोल्पा जिल्लामा यस्ता प्रकारका कार्यक्रमहरु भव्य रुपमा भएको हुनाले पनि यसपाली यो कार्यक्रमलाई अझ थप व्यवस्थित बनाउनु पर्ने चुनौति हुने समेत साल्लाहकार टुहुरोले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष नबिनलोचन मगरले कार्यक्रम सफल बनाउनको लागी प्रतिष्ठान र रोल्पाली साहित्यकारको टोली मेहनतका साथ लागिरहेको बताउनु भएको । कार्यक्रमलार्य व्यवस्थित बनाउनको लागी बिभिन्न उपसमितीहरु पनि बनाइ सकेको बताउनु भएको छ । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनको लागी सबै पक्षले सहयोग उत्तिकै आवश्यक रहेको हुनाले सबै आफ्नो क्षेत्रबाट खटेर सहयोग गर्नको लागी अध्यक्ष मगरले सबैलाई आग्रह समेत गर्नु भएको छ ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान अध्यक्ष नबिनलोचनको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य, रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिमगर, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्य, नेपाल कम्युनिष्ट पाटी रोल्पाका तिकाराम नेपाली,रोल्पा नगरपालिका उपमेयर गिता आचार्य, रोल्पा नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका सल्लाहकार डीबी घर्तिमगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक देबिराम भण्डारी, रोल्पा उद्योग बाणिञ्ज संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पा सचिव लोकेन्द्र चन्द, नेपाली लेखक संघ रोल्पाका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, रेडियो जलजलाका स्टेशन म्यानेज देबी गुरुङ र रोल्पा समाचारका प्रतिनिधी खुमबहादुर सुनारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्