Ad image

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु ७ जना घाइते

मालश्री खबर
मालश्री खबर २८ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर वैशाख २८ गते, रोल्पा ।
रोल्पामा ट्याक्टर दुर्घटना हुदा ट्याक्टरमा सवार एक जनाको घटना स्थलमै मृत्यु भएकोे छ । मृत्यु हुनेमा लुङ्ग्री गाँउापालिका वडा न ५ सर्कनाका बर्ष १३ का खेमराज रोका रहेको बताइएको छ । लुङ्ग्री गाँउापालिकाको दोमै बाट सडक निर्माणको काममा लागेका कामदारलाई काम सकेर बास बस्नको लागी गाउँपालिकाको केन्द्र किलाचौर तर्फ जादै गर्दा ट्याक्टर दुर्घटना भएको स्थानियले बताएका छन् ।


रा १ त ३८८१ नम्बरको ट्याक्टर अहिले साझ करिव ९ बजेको समयमा लुङ्ग्री गाँउपालिकाको मछेटी भन्ने स्थानमा दुर्घटना भएको बताइएको छ । ट्याक्टर सडग बाट करिब १ सय मिटर भन्दा तल खसेर दुर्घटना भएको रेडियो मालश्री र मालश्री खबरलाई जानकारी प्राप्त भएको छ । ट्याक्टरमा जम्मा ८ जना कामदार सवार रहेको प्रहरीले जानकारी दिएको छ । रातिको समयमा ट्याक्टर दुर्घटना भएको हुनाले उद्धार गर्न कठिनाई भएको थियो ।

दुर्घटना पछि घटना स्थलमा स्थानिय बासि र ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी प्रमुख प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेको टोलीले उद्धार गरि मृतक र घाइटेलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको उद्धार गरेर अस्पताल सम्म पु¥याउनको लागी सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको निर्देशनमा गाँउपालिकाको गाडीले प्राथमिक स्वास्थ्य केन्द्र सम्म पु¥याएको  सुनिलस्मृती गाँउपालिकाले जानकारी दिएको छ । ड्राइभरको अवस्था सामान्य रहेको र ट्याक्टर के कारणले दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकोे छ । घाइते हुनेहरु अधिकांस सडग निर्माणको काम गर्न आएका जिल्ला बाहिरमा कामदारहरु रहेको बताइएको छ । घाइतेहरुको पहिचान गरि राखेको समेत प्रहरिले जानकारी दिएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array